भारतले लिपुलेकमा सडक विस्तार गरेकोमा विरोध प्रदर्शन

आवाज खबर
२६ पुष २०७८, सोमबार १६:३१

काठमाडौं- भारतले लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी राखेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको उत्तराखण्डस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ‘मानसरोवरसम्म जाने सडक पुर्‍याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भइरहेको’ भनेर दिएको अभिव्यक्ति र भारतीय हस्तक्षेपविरुद्ध अखिल क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

भारतीय प्रधानमन्त्री मोदी आफैँले भारतको उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एक सार्वजनिक कार्यक्रममा मानसरोवरसम्म जाने सडक पुर्‍याउन लिपुलेक क्षेत्रमा सडक विस्तारको काम जारी रहेको अभिव्यक्ति दिएका थिए ।

उनीहरूले भारतीय हस्तक्षेपको विरोध गर्दै नाराबाजी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*