व्यापार मेला गर्ने योजना सहित तिलोत्तमा उद्योग व्यापार संगठनको वार्षिक कार्ययोजना सार्वजनिक

आवाज खबर
१७ मंसिर २०७८, शुक्रबार १५:२६

बुटवल, १७ मंसिर । रुपन्देहीको तिलोत्तमा उद्योग ब्यापार संगठनले आगामी माघ महिनामा औध्योगिक ब्यापार मेला संचालन गर्नेभएको छ । संगठनको विहीबार र शुक्रबार चितवनमा सम्पन्न बार्षिक कार्यायोजना बैठकले मेला संचालन गर्ने निर्णय गरेको हो ।

संगठनले यो वर्ष गरिने विभिन्न कार्यक्रमहरु पनि सार्वजनिक गरेको छ । यो वर्ष संगठनले अनाथ आश्रमलाई सहयोग, सडक खाना महोत्सव संचालन गर्ने, वृक्षारोपण, क्यालेन्डर प्रकाशन, रक्तदान, कर शिक्षा, सरसफाइ लगायतका कार्यक्रम गर्ने निर्णय लिएको संगठनका अध्यक्ष प्रेमबहादुर घर्तीले जानकारी दिए ।

घर्तीका अनुसार तिलोत्तमा ब्यपार संगठनले आगामी बैशाख महिनामा सडक खाना महोत्सव गर्ने निर्णय लिएको छ । त्यस्तै जेठ महिनामा कर शिक्षा कार्यक्रम संचालन गर्ने, वृक्षारोपण, सरसफाई, रक्तदान गर्ने, भदौमा तीज विषेश कार्यक्रम गर्ने लगायतका निर्णय लिएको संगठन महासचिव हेमलाल न्यौपानेले बताए । यी विभिन्न कार्यक्रमका लागि संयोजकहरु समेत तोकिएको छ ।

ब्यवसायिक हकहितका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्न वैठकका सहभागिहरुले सुझाव दिएका थिए । कार्यक्रममा सहभागीका जिज्ञासालाई सम्बोधन गर्दै संगठनका अध्यक्ष घर्तीले आगामी दिनमा सबैको सुझाव अनुसार ब्यवसायिक गतिविधि गरिने उल्लेख गरे । भरतपुर नगरपालिका वडा नं. २९ स्थित कविलास रिर्सोटमा भएको बार्षिक कार्ययोजना बैठकमा संगठनका उपाध्यक्षहरु दिनेश खनाल, भूपति न्यौपाने, शोभा पराजुली, सचिव युवराज पराजुली, सहसचिव सूर्य चापागाई, कोषाध्यक्ष दलबहादुर थापा लगायतले बोल्दै यो वर्ष सदस्यता वितरणमा पनि जोड दिइने बताए ।

कार्यक्रममा सल्लाहकारहरु दिपक गैरे, भूपराज अर्याल, विष्णु आचार्य, भुवन कार्की लागायतले पनि सुझाव राखेका थिए । कार्यक्रम संठनका अध्यक्ष प्रेमबहादुर घर्तीको अध्यक्षतामा भएको हो । रुपन्देही प्रशासनको अनुमति लिएर मेला संचालन गरिने संगठनले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*