गीति एल्बम “आमाको काखै प्यारो” सार्वजनिक

आवाज खबर
२८ कार्तिक २०७८, आईतवार १३:४८

बुटवल- काठमाडौं स्थित एक होटलमा सर्जक कमला रिसालको गीति एल्बम “आमाको काखै प्यारो” सार्वजनिक भएको छ। सखी प्रतिष्ठानले आयोजना गरेको उक्त गीति एल्बम सार्वजनिक समारोहमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य-सचिव प्रा.जगतप्रसाद उपाध्याय प्रेक्षितले गर्नु भएको हो भने त्यसलगत्तै युटुबमा पनि सार्वजनिक गरिएको छ।

आमाको महिमा र महत्व लाइ भिडियोमा देख्न सकिन्छ। शब्द, संगीत तथा स्वर कमला रिसालको रहेको यस गीतलाइ दिपक श्रेष्ठले निर्देशन गरेका हुन्। मुक्ति सुबेदी, राममाया घिमिरे र मनिषा भण्डारीको अभिनय रहेको यस गीतलाई निहारिका फिल्म्स प्रालिले पोष्ट प्रोडक्सन गरेको छ।

वागेश्वरि सङ्गितालयको प्रस्तुति रहेको गीतले छोरा परदेशमा भुलेको र छोरी बिहे गरी पराय घर जानु परेपछि एक्ली वृद्ध आमा आफ्ना सन्तानका प्रतिक्षामा दिनरात कटाउनु परेको बाध्यतालाइ भिडियोमा देखाउन खोजिएको छ। यस गीतका एरेन्जर सन्दीप कार्की हुन् भने बिक्रम थापा रेकर्डिस्ट हुन् ।

सामुहिक राष्ट्रिय गानबाट सुरु गरिएको समारोहमा अध्यक्ष मन्जिला अनिलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्धेश्य र महत्वमाथि प्रकाश पार्नु भएको थियो। कार्यक्रममा सखी प्रतिष्ठानका संरक्षक राधेश्याम लेकाली,वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठी,गीतकार चूडामणि देवकोटा, संगीतकार सुरेश सेन्च्युरी, एसएसपी डम्बरबहादुर विश्वकर्मा, चर्चित गायक नविन घिमिरेलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

उक्त विमोचन कार्यक्रममा साहित्यकारहरु तथा गीत संग सम्बन्धित व्यक्तित्व हरुको उल्लेख्य उपस्थिति रहेको थियो। भिडियो हेर्नुहोस..

https://youtu.be/uXB5UlxV0S4

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*