मेस्सीको टिम पीएसजी पराजित

आवाज खबर
८ कार्तिक २०७८, सोमबार १०:१६

काठमाडौं । अर्जेन्टाइन फुटबल खेलाडी लियोनल मेसी जहाँ जान्छन् उनको चर्चा हुन्छ नै । उनी अहिले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन पीएसजी मा छन् । तसर्थ पीएसजीले भएभरका उपाधि जित्नुपर्ने मान्यता राख्छ । किनकि ऊसँग मेसी छन् ।

पीएसजीको दाउ यसपटक च्याम्पियन्स लिग जित्ने छ । फ्रेन्च लिग उसका लागि सामान्य भयो । तर आइतबार रातिको खेलमा भने मेसीले निराश पारेका छन् । उनले पूर्ण समय मैदानमा बिताएको खेलमा पीएसजीले मार्सेसँग बराबरी खेलेको छ । आइतबार राति भएको खेलमा पीएसजीले मार्सेसँग गोलरहित बराबरी खेलेको हो ।

मार्सेको मैदानमा पाएको मौकालाई दुबै टोलीले सदुपयोग गर्न नसक्दा खेल गोलरहित बराबरीमा सकियो । खेलको १४ औं मिनेटमा मार्सेका परेसले आत्मघाती गोल गरेका थिए । तर पीएसजीका नेयमार अफसाइड देखिएपछि गोलले मान्यता पाएन ।

खेलको २० औं मिनेटमा मार्सेका मिलिकले गरेको गोलले समेत मान्यता पाएन । खेलको ५७ औं मिनेटमा अचार्फ हाकिमीले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । यो बराबरीपछि पनि पीएसजीले लिगमा पकड कायमै राखेको छ ।

अंक तालिका
११ खेलमा २८ अंकसहित पीएसजी शीर्ष स्थानमा कायमै रहेको छ । दोस्रो स्थानको लेन्सको ११ खेलबाट २१ अंक छ । तेस्रो निसको १० खेलबाट १९ अंक छ । चौथो स्थानको मार्सेको १८ अंक छ र पाँचौं रेनेसको पनि १८ अंक नै छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*