प्रदेश १, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आवाज खबर
६ कार्तिक २०७८, शनिबार १५:३९

काठमाडौं, ६ कात्तिक- हाल नेपालमा असर गर्ने उल्लेखनिय मौसमी प्रणाली रहेको छैन । यद्यपि, शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

प्रदेश १, बागमती र गण्डकीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको आँकलन गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*