स्याङ्जाकि ३५ वर्षीय बसन्ती एक हप्ता देखि बेपत्ता

आवाज खबर
५ कार्तिक २०७८, शुक्रबार १०:०२

मुक्ति सुबेदी, स्याङ्जा- स्याङ्जाकि ३५ वर्षीय बसन्ती थापा एक हप्तादेखि बेपत्ता भएकि छिन। गल्याङ नगरपालिका २ घ्याङ्सिङ्डांडा घर भएकी उनलाई खोजिदिन उनका श्रीमान चन्द्र बहादुर थापाले जिल्ला प्रहरी कार्यालय वालिङमा निवेदन दिएका छन्।

एक हप्ता अघि बिहानको करिब ११ बजेको समयमा घरबाट निस्केर हिडेकी उनि अहिले कहाँ छिन भन्ने कुराको अत्तोपत्तो छैन। उनले प्रयोग गर्ने मोबाइल समेत घरमै छोडेर गएको र कसैले प्रलोभनमा पारि बेपत्ता बनाएको हुनसक्ने भन्दै श्रीमानले प्रहरी समक्ष गुहार मागेका छन्। १८ वर्ष अघि विवाह गरेका उनीहरुको यस बिचमा कुनै ठुलो झगडा समेत नपरेको श्रीमान चन्द्र बहादुर बताउछन्।

दुइ छोरी र एक छोराको आमासमेत रहेकी बसन्ती एक्कासी सम्पर्क विहिन भएपछि परिवार चिन्तित बनेको छ। १६ वर्षीय छोरा तुषारले जसरि पनि आफ्नी आमालाई खोजिदिन आग्रह गरेका छन्। बसन्तीले घर छोडेर हिडेपछि माइति पक्षसंग समेत सम्पर्कमा आएकी छैनिन। श्रीमति सम्पर्कमा नआएपछि उनका श्रीमान पिडामा परेका छन्।

श्रीमतीले घर छोडेको अर्को दिन एउटा नयाँ नम्बरबाट फोन गरेर अब आफुलाई कहिल्यै सम्पर्क नगर्न भनि फोन काटेको श्रीमानले बताएका छन्। श्रीमतीको फेसबुक हेर्दा उनलाई भारतमा रहेका एक पुरुषले नियमित फोन सम्पर्क गरेको र उक्त व्यक्तिले बेचबिखनको निम्ति कतै लुकाएर राखेको हुनसक्ने श्रीमानको आशंका रहेको छ।

वालिङ प्रहरी कार्यालयका प्रहरी निरीक्षक हरि पौडेलले यस विषयमा आफुहरुको खोजिकार्य जारि रहेको जानकारी गराएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*