शिवालय युवा क्लबद्वारा वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता आयोजना

आवाज खबर
२२ आश्विन २०७८, शुक्रबार १४:२७

मुक्ति सुबेदी, स्याङ्जा- गल्याङ् नगरपालिका स्थित शिवालय युवा क्लब गुठिले विजयादशमी तथा दिपावलीको अवसरमा भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ। दशैँ सकिए लगत्तै भलिबल प्रतियोगिताको आयोजना गरिएको हो।

‘स्वास्थ्यका लागि खेलकुद- राष्ट्रको लागि खेलकुद’ मूल नारा लिएर आयोजित प्रतियोगिताको साथमा सास्कृतिक कार्यक्रम पनि हुने आयोजकले बताएको छ। पहिलो वार्षिकोत्सवको अबसरमा आयोजित यस कार्यक्रम कार्तिक ५ देखि १३ गतेसम्म संचालन हुने भएको छ।

स्याङ्जा जिल्लाभरिका क्लबहरुले प्रतियोगितामा भाग लिन सक्ने क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले बताएका छन्। सहभागी हुन चाहने टिमले कार्तिक ५ गतेभित्रै नाम दर्ता गरिसक्नुपर्नेछ। खेलकुदको माध्यम बाट आपसी भाइचारा अभिवृद्धि गर्ने क्लबको मुख्य उधेश्य रहेको छ।

हाल नयाँ बनिरहेको खेलकुद मैदानको उद्घाटनका निम्ति गण्डकी प्रदेशका साम्सद भागवत प्रकाश मल्लको उपस्थिति रहने कार्यक्रम रहेको छ। सहभागिताको निम्ति ४ हजार रुपिया दर्ता शुल्क लाग्नेछ भने प्रथम पुरष्कार ५० हजार, द्वितीय ३० हजार, तृतीय २० हजार र सान्त्वना हुनेले १० हजार पुरष्कार पाउनेछन ।

शिवालय युवा क्लब स्याङ्जा जिल्लाको पुरानो क्लब भएपनि १ वर्ष अघि मात्र दर्ता भएको हुनाले प्रथम वार्षिकोत्सव गर्न गैरहेको आयोजकले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*