गगन थापा: चुनावी गठबन्धन नगरे पनि कांग्रेसले बहुमत ल्याउँछ

आवाज खबर
१६ आश्विन २०७८, शनिबार १५:३४

काठमाडौँ, १६ असोज । नेपालि कांग्रेसका नेता गगन थापाले आगामी चुनावमा अन्य पार्टीसंग गठबन्धन नगरे पनि बहुमत ल्याउने बताएका छन्। उनले आगामी चुनावमा कम्युनिस्ट, मधेसवादी र राप्रपा मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दाबी गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको कांग्रेस अधिवेशन समारोहलाई सम्बोधन गर्दै थापाले आगामी निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारे ।उनले त्यसका लागि केही ध्यान दिनुपर्ने पनि औँल्याए ।

“कांग्रेस कसैसँग मिलेर चुनावमा जाने होइन । कम्युनिस्ट, मधेसवादी वा राप्रपा कसैसँग मिल्ने होइन,” थापाले भने,“उनीहरु मिले पनि जित्न सक्छौँ । त्यसका लागि हामीले पनि ध्यान दिएर लाग्नुपर्छ ।”उनले थपे,“कांग्रेस आगामी निर्वाचनमा कोहीसँग तालमेल गर्दैन । एक्लैले बहुमत ल्याउँछ ।”

नेता थापाले कांग्रेसमा सुद्धिकरणको आवश्यकता रहेको पनि औँल्याए । अहिलेकै अवस्थामा नेपाली कांग्रेसले देशको नेतृत्व गर्न नसक्ने बताए । अहिलेको अवस्थामा रहे नेपाली कांग्रेसलाई जनताले भरोसा नगर्नेसमेत उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*