सयपत्रि युवा क्लवको आयोजनामा रक्तदान सम्पन्न

आवाज खबर
५ आश्विन २०७८, मंगलवार १९:४४

सयपत्रि युवा क्लवको आयोजनामा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले प्रत्येक वर्ष सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । आज गरिएको रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको संयोजक थम बहादुर पुनले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुटवल उपमहानगरपालिका वडा नम्वर दशका वडा अध्यक्ष पदम बहादुर थापाले यो सस्थाले अझै नमुना योग्य सामाजिक कार्यमा अगाडि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा माया वराल सुमिन बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सस्थाका अध्यक्ष बिशाल काउछाको अध्यक्ष्यतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*