अपहरणको ४५ दिनपछि पूर्वमुख्यमन्त्री शंकर पोखरेल विरुध्द अपहरण मुद्दा

आवाज खबर
३० भाद्र २०७८, बुधबार ०९:५८

बुटवल- नेकपा एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री पाेखरेल बिरुद्ध सांसद विमला खत्री वलीले अपहरण तथा शरीर बन्धक कसुरमा निवेदन दिएकी छन्।

प्रदेश सभासदस्य वलीले पोखरेलसहित एमाले मुख्यसचेतक भुमिश्वर ढकाल, युवा संघका सचिवालय सदस्य तिरण गाैतम र एमाले दाङका नेता मान बहादुर रावलले आफुलाई अपहरण गरेर बन्धक बनाएकाे भन्दै प्रहरीमा निवेदन दिएकी हुन्।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार वलीले आफुलाई साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल दाङबाट ल्याएर बन्धक बनाएको आरोप लगाएकी छन् । बुटवल प्रहरीले भने घटनास्थल दाङ भएकोले त्यहींबाट निवेदनको प्रक्रिया अगाडि बढाउने बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख मनोज केसीले वलीले इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएको पुष्टि गर्दै घटनास्थल दाङ भएकाेले दाङ प्रहरीमार्फत प्रक्रिया अगाडि बढाउन निवेदन उतै पठाउने बताए।

माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले सांसद वलीको अपहरण तथा शरीर बन्धकविरुद्ध साेमवार इलाका प्रहरी कार्यालय बुटवलमा सोमबार किटानी निवेदन बुझाएको बताए ।

यस अघि राजनीतिक बिषय भएकाेले उजुरी नदिने बताउदै अाएकी वलीले घटनाको १ महिना पछि उजुरी दिएकी हुन। मुलुकी अपराध संहिता २०७४ अनुसार अपहरण तथा शरीर बन्धकमा पीडितले ६ महिनासम्म जाहेरी दिन पाउने कानुनी ब्यवस्था छ।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*