एमाले अध्यक्ष केपि ओलीको आज बुटवलमा सम्बोधन

आवाज खबर
३० भाद्र २०७८, बुधबार ०९:२९

बुटवल- कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज बुटबल आउने भएका छन। पार्टी विभाजनसँगै एमाले कार्यकर्ता तानातानको क्रम चलिरहेका बेला ओली देश दौडाहामा छन् ।

उनी मंगलबारमात्रै गृहजिल्ला झापा पुगेका थिए । बुटवल देवीनगरस्थित एन्फा मैदानमा एमालेले सभाको आयोजना गर्न लागेको हो । बुटवल देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए।

भेलालाई अध्यक्ष ओलीसहित उपमहासचिवहरु विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्नेत लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।

भेला सम्पन्न गर्न जिल्लाका सबै कमिटी र संगठनहरु परिचालन गरिएकाे तथा ब्यवस्थापकीय तयारी सबै पुरा भएकाे एमाले रुपन्देहि सचिवालयले बताएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*