एकातिर एमालेको नाराबाजी, अर्कोतर्फ संसद बैठक चलिरह्यो….

आवाज खबर
२५ भाद्र २०७८, शुक्रबार १५:४६

काठमाडौं : प्रमुख विपक्षी दल नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्।

माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे।

तर, नाराबाजीबीच अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गरेका छन्। एमालेको निरन्तर अवरोधपछि अर्थमन्त्री शर्मा रोष्ट्रममा दौडिएर पुगेका थिए। बैठकमा बजेटसम्बन्धी तीन वटा विधेयक पारित भएकाे छ।

एमाले सांसदले गरे संसदमै टेबुल तोडफोड

नेकपा एमालेका सांसदहरुले संसदमा टेबुल तोडफोड गरेका छन् । सांसदहरुले संसदमा विधेयक टेबुल हुने क्रम चलिरहेका बेला संसदमा टेबुल तोडफोड गरेका हुन् ।

सांसदहरुले पार्टी फुटाउन पाइदैन, संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी समेत गरेका थिए । एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी हुँदा टेबल भाँचिएको हो।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश पेश गर्ने क्रममा सांसद र मर्यादापालकबीच ठेलाठेल भएको हो। दिउँसो १ बजेबाट सुरु भएको बैठकमा एमाले सांसदहरुले अवरोध गर्दा दुईपटक स्थगित भएको छ। अवरोधकै बीच दुईवटा अध्यादेश पेश भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*