मिसन महिला समुह बुटवलको आयोजनामा तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम,

आवाज खबर
१९ भाद्र २०७८, शनिबार १९:१०

महिलाहरुको महानपर्व हरितालिका तिजको अवसरमा मिसन महिला समुह बुटवलको आयोजनामा तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । अहिले परिवर्तनशिल तिज भएपनि पुरानो संस्कृतिको जर्गेना गर्नु पर्नेमा कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए । तिजलाई भड्किलो भन्दा पनि सबैलाई समेट्न सक्ने मौंलिकतामा जोड दिनु पर्ने बताएका छन । मिसन महिला समुहका अध्यक्ष निशा सानीको अध्यक्षता, बुटवल वडा नं। ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नेकपा एमालेका युवा नेता राजेन्द्र ढकाल, जनप्रतिनिधि माया दर्नाल , गरूङ,सीता वस्नेत, ठाकुर गैहे लगायतले कार्यक्रममा शुभकामना दिनुभएको संस्थाका संरक्षक भुमलाल श्रेष्ठले जानकारी दिनुभयो । संस्थाका सचिब सुस्मिता रानाको स्वागत तथा सबिता खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*