प्रगती महिला समुह देविनगर बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ,

आवाज खबर
१९ भाद्र २०७८, शनिबार १८:५८

प्रगती महिला समुह देविनगर बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संस्थाले प्रत्येक वर्ष सामाजिक कार्य अन्र्तगत रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । आज गरिएको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको प्रगती महिला समुह देविनगरका अध्यक्ष विष्णु गुरुङ्गले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाईटी अन्र्तगत रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक एक बहादुर गुरुङ्गले बताउँनुभयो । नेकपा एमालेका युवा नेता राजेन्द ढकाल, वडा सदस्य नकुल शाहि , बिकास वस्नेत, केशव रोक्का लगायतको कार्यक्रममा उपस्थिती रहेको थियो । सस्थाले अझै अरू सृजनात्मक कार्यहरू गर्नु पर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले जोड दिएका थिए । समुहका उपाध्यक्ष पुर्णकलि श्रीसको स्वागत तथा साबित्रा अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*