‘चरी जेलैमा’ बन्यो सबैभन्दा छिटो १ करोड भ्यूज पाउने नेपाली गीत

आवाज खबर
१५ भाद्र २०७८, मंगलवार १५:१६

काठमाडौं । विष्णु माझीद्वारा स्वरबद्ध गीत ‘चरी जेलैमा’ भिडिओ साझेदारी साइट युट्युवमा सबैभन्दा छिटो १ करोड पटक हेरिने नेपाली गीत बनेको छ । १३ दिनमा यसलाई १ करोड भ्यूज प्राप्त भयो ।

सुरुआती पाँच दिनमा २५ लाख भ्यूज प्राप्त गरेको यो गीतलाई ७ दिनमा ७५ लाख पटक हेरिएको छ । यो गीतलाई पछिल्लो सात दिनमा हरेक दिन औषत १० लाख पटक हेरिएको छ। ‘सुरुआती भ्यूज सुस्त भएपनि चर्चाको कारण पछिल्लो समय यसको भ्यूजसँग उकालो लागेको छ’ युट्युव एनालिस्ट कुमार व्यञ्जनकारले नेपाल प्रेसलाई भने, ‘यसले कुरा बुझ्न पर्च र टाढा भएपनि गीतको रेकर्डलाई पनि उछिनेको छ ।’

चरी जेलैमालाई मंगलबारसम्म १ करोड ३१ लाखभन्दा बढी पटक हेरिएको छ । प्रकाश सपुतको कुरा बुझ्न पर्च र पल शाह अभिनित टाढा भएपनिले १५ दिनमा १ करोड भ्यूज प्राप्त गरेका थिए ।

https://www.youtube.com/watch?v=lsKAqFo0Yck

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*