मार्क्सवादी ज्ञान केन्द्रको सचिवमा रुपन्देहीबाट सुदिप न्यौपाने चयन

आवाज खबर
१५ भाद्र २०७८, मंगलवार ०९:०२

बुटवल- मार्क्सवादी ज्ञान केन्द्रको केन्द्रिय सचिवमा रुपन्देहीबाट सुदिप न्यौपाने (हुमनाथ) चयन भएका छन्। मार्क्सवादी विचार र शिक्षालाई जनस्तरमा स्थापित गर्ने लक्ष्यका साथ स्थापित मार्क्सवादी ज्ञान केन्द्रको प्रथम साधारणसभाले मनहरि तिमिल्सिनाको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।

केन्द्रको वरिष्ठ उपाध्यक्षमा विश्वेश्वर कट्टेल, उपाध्यक्षद्वयमा नमिता न्यौपाने र जनार्दनबाबु कट्टेल, महासचिवमा ईन्द्रराज भट्टराई, सचिवद्वयमा हुमनाथ न्यौपाने ‘सुिदप’ र इन्दिरा न्यौपाने, कोषाध्यक्षमा बिमला केसी तथा सदस्यहरूमा कविराज पौडेल, जानुका पराजुली, मिङ्ग्मा शेर्पा, दुस्यन्त भट्टराई, भूपनारायण यादव, सागर अधिकारी, रेशमकुमार अधिकारी, पम्फा बसेल र भीमप्रसाद सुवेदी चयन भएका हुन्।

सभाको निर्णय र प्रस्ताव सार्वजनिक गर्न आज आयोजित भर्चुअल कार्यक्रममा सो जानकारी दिइनाका साथै नेपालको कम्युनिस्ट आन्दोलनमा पठन संस्कृतिको विकास गरी युगसापेक्ष ज्ञान र शिक्षा प्रबद्र्धन गर्ने उद्देश्यले २०७७ साल फागुन १९ गते दर्ता भएको सो केन्द्रले ७७ जिल्लाका साथै सातै प्रदेशमा सङ्गठन विस्तार गरिसकिएको बताइएको छ।

अध्यक्ष तिमिल्सिनाले नेपाली कम्युनिस्ट आन्दोलनका लागि मात्र नभएर विश्वका कम्युनिस्टहरूकै निम्ति साझा संस्था र सम्पत्तिको रूपमा मार्क्सवादको अध्ययन, अध्यापन र अन्वेषणका क्षेत्रमा केन्द्र क्रियाशील रहने बताए।

नेकपा (माओवादी केन्द्र) का नेता राम कार्की र नेकपा (एकीकृत समाजवादी) का नेता डा‍‍. विजय पौडेलले नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै मार्क्सवादी विचार र सर्वहारा वर्गको उत्थानका लागि नयाँ पुस्तामा प्रशिक्षणलाई तीव्ररूपमा अघि बनाउनुपर्नेमा जोड दिए।

साधारण सभाले केन्द्रको वार्षिक प्रगति र आर्थिक प्रतिवेदनका साथै विनियम, कार्यविधि, आचारसंहिता, पाठ्यक्रमको रुपरेखा पारित गरेको छ। पाठ्यक्रममा दर्शनशास्त्र, माक्र्सवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विश्व एवं कम्युनिस्ट आन्दोलनको इतिहास, नेपाल परिचय र विज्ञान–प्रविधिजस्ता विषय समावेश गरिएको छ।

ती विषयका लागि विषय अनुसारका प्रशिक्षकको रोष्टर तयार गरी क्षमता अभिवृद्धिका लागि ठोस योजना पनि अघि सारिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*