लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री नियुक्त

आवाज खबर
१४ भाद्र २०७८, सोमबार १४:४१

बुटवल- लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा बुटवलका वामदेव क्षेत्री घिमिरे नियुक्त हुनु भएको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले माओवादी केन्द्रका नेता घिमिरेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै आयोगको सदस्यमा गुल्मी मुसिकोटका दामोदर भुसाल र कृष्णनगर कपिलबस्तुका शिव पुजन यादब नियुक्त हुनु भएको छ । पाँच सदस्यीय आयोगमा बाँकी सदस्य पछि नियुक्त गरिने लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिनभयो ।

५ सदस्यीय प्रदेश योजना आयोगमा बाँकी सदस्य पछि नियुक्त गर्ने उनले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*