पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास, उनको कप्तानीका उपलब्धिहरु…

आवाज खबर
१९ श्रावण २०७८, मंगलवार ०९:४३

काठमाण्डौ- राष्ट्रिय टोलीका पूर्वकप्तान पारश खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन्। मंगलबार बिहान सामाजिक सञ्जाल मार्फत सन्न्यास लिएको घोषणा गरेका हुन्। खड्काले भनेका छन्, ”सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवालाप्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले सन्न्यास लिने निर्णय लिएको छु।”

अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए पनि नेपाली क्रिकेटमा भने लागिरहने जनाएका छन्। उनले भनेका छन्, ”अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुंगिएको छ, तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै पनि बामे सर्दै छ।”

सबै मिलेर अब नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने उनको भनाइ छ। उनले अन्तिममा भनेका छन्, ”मैदानभित्रका यी दुई दशक, जीवन रहुन्जेल मीठो यादका रूपमा मसँग रहनेछन्। हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍या उनेछौं भन्ने विश्वास लिएको छु।”

उनले १५ वर्षको उमेरदेखि खेल्न थालेका थिए। सन् २००२ बाट खेल्न थालेका खड्काले १९ वर्षपछि सन्न्यास लिएका हुन्। उनले भनेका छन्, ”नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।”

पारसको कप्तानीमा नेपाली क्रिकेटका मुख्य उपलब्धि:

२००९ नोभेम्बर– एसीसी ट्वान्टी–२० प्रतियोगितामा कप्तानी जिम्मेवारी

२०१०– विश्व क्रिकेट लिग डिभिजन–५ उपाधि

२०११– एसीसी ट्वान्टी–२० कपमा सेमिफाइनल

२०१२– विश्व क्रिकेट लिग डिभिजन–४ उपाधि

२०१२– ट्वान्टी–२० विश्वकप छनोटमा सातौं

२०१३– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१३– एसीसी ट्वान्टी–२० फाइनल

२०१३– विश्वकप छनोटमा तेस्रो भएपछि विश्वकपमा ऐतिहासिक छनोट

२०१४– ट्वान्टी–२० विश्वकपमा अफगानिस्तान र हङकङलाई हराए पनि बंगलादेशसँग पराजित, समूहबाटै बाहिर

२०१४– एकदिवसीय विश्वकप छनोटमा नवौं हुँदै डिभिजन २ बाट रेलिगेसन

२०१४– विश्व क्रिकेट लिग डिभिजन–३ उपाधि

२०१५– देखि २०१७ सम्म विश्व क्रिकेट लिग च्याम्पियनसिप

२०१७– विश्व क्रिकेट लिग डिभिजन–२ फाइनल

२०१८– एकदिवसीय विश्वकप छनोटमार्फत ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता

२०१९– ट्वान्टी–२० विश्वकपको एसियाली छनोटमा सिंगापुरसँग पराजित हुँदै बाहिर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*