एनआरएनए जापानको निर्वाचनमा ४० प्रतिशत भोटमा धाँधलीको आशंका, छानविन हुने

आवाज खबर
१७ श्रावण २०७८, आईतवार १७:४६

(मुक्ति सुबेदी), बुटवल- गत शुक्रबार अनलाइन मार्फत भएको गैर आवासिय नेपालि संघ (एनआरएनए) जापानको निर्वाचनमा धाँधली भएको भन्दै उजुरी परेको छ। ४० प्रतिशत भन्दा बढि भोटमा धाँधली भएको भन्दै अध्यक्ष मण्डल समक्ष उजुरी परेको हो। जापान भन्दा बाहिरबाट समेत भोटिङ्ग भएपछी यस्तो आशंका गरिएको हो।

निर्वाचन समितिले कुन ठाउँबाट कति भोट खस्यो भन्ने विषयमा लिस्ट प्रकाशित भएपछी विवाद उत्पन्न भएको हो। अनलाईन मतदानमा ७ हजार भन्दा बढी मत खसेको थियो । निर्बाचनमा पुर्ण नियोजित रुपमा धाँधली गरि बिभिन्न देशहरुबाट काल्पनिक मत हालिएको समेत उम्मेदवारहरुले दाबी गरेका छन् ।

अनलाईन भोटिङमा पराजित भएका उम्मेदवारहरुले अध्यक्ष मन्डल, निर्वाचन समिति सहित आईसिसिलाई छानविन गर्न अनुरोध गर्दै उजुरी दिएको छ। मतदाताले आफ्नो भोट आफैले गर्न नपाएको गुनासो समेत गरेका छन्। सामाजिक संघ संस्थामा पदकै लागी अनेकौ किसिमका जाल-झेल, धाँधली गरेको स-प्रमाण आऊनु मतदाताले आफ्नो स्व-विवेकले मतदान गर्न नपाऊनु, भारतको ऊडिसा राज्यबाट मतदान हुनु, काठमाडौ,पोखरा साथै एऊटै ल्यापटप बाट ६०२ मत सम्म हालेको प्रमाण आऊनु राम्रो कुरा भने होइन।

जापान भन्दा बाहिर बाट अत्यधिक मतदान भएपछी छानविनको माग गरेको अध्यक्ष पदमा कम मत पाएका उम्मेदवार सरोज कुमार खत्री बताउछन्। उनले चुनावमा यती धेरै सेटीङ्गका प्रमाण हुँदा पनी चुपचाप बसेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

निर्वाचन समिति प्रति लक्षित गर्दै उनि भन्छन, ‘तुरुन्त साँचो- झुटो के हो बाहीर बताईदिनुस, जीत हार एउटा प्रणाली हो तर गलत परिपाटीलाइ बढावा नदीनुहोला । तपाई हाम्रो अभियान जितहार संग होइन, जापानमा बस्ने एक लाख नेपालीको साझा संस्थामा मौलाईरहेको फोहरलाइ सफा गर्ने एउटा अभीयान हो । यो अभियान तपाइँ हरुको एक जनाको साथ र सानो सहयोगले सम्भव छ।’

उम्मेदवारहरुका अनुसार ५० प्रतिशत भन्दा बढि मत फर्जी भएको बताएका छन्। निर्वाचनमा काल्पनिक रुपमा काठमाण्डौ बाट २६३ ,पोखराबाट ११ ,भारतबाट ४०२, टोकियोबाट १०५४, आईचीबाट १११ ,फुकुओकाबाट १०१८,ओषाकाबाट ४८८,साईतामाबाट ४१ मत गरि जम्मा ३६१५ मत नक्कली हालिएको निर्बाचनका प्रतिस्पर्धीहरुले दाबी गर्दै एनआरएनए आईसिसि , एशिया प्याशिफिक क्षेत्र र जापानको निर्बाचन समितिलाई निर्बाचन नै बदर गर्न माग गर्दै स-प्रमाण निबेदन दिएका छन ।

एनआरएनए जापानमा निर्वाचको समयमा विवाद उत्पन्न हुने विषय नौलो चाँही होइन। यसअघिका निर्वाचनहरुमा पनि विवाद भएको थियो। ओसाकामा भएको दशौ अधिवेशनको समयमा पनि हलमा नाराबाजी गर्दै विना निष्कर्ष टुंगिएको थियो। नयाँ कार्यसमिति २०२१(२३ का लागि शुक्रबार सम्पन्न निर्वाचनमा कुल भोट मध्ये ३०३८ मत ल्याएर शिव प्रसाद पौडेल अध्यक्षमा चुनिएका थिए ।

यस्तै विरिष्ठ उपाध्यक्षमा नवीन निउरे,उपाध्यक्ष पदमा राम थापा अनिलले, राजकुमार अधिकारी, रामकृष्ण श्रेष्ठ र महेशकुमार कटवाल यस्तै महिला उपाध्यक्ष पदमा संगीता अधिकारी महासचिव पदमा सिद्दार्थ श्रेष्ठ, कोषाध्यक्ष पदमा कृष्ण गैरे शर्मा, युवा संयोजकमा राकेश लामाले सर्वाधिक मत ल्याउदै निर्वाचित भएका थिए भने अन्तराष्ट्रिय समन्वय समिति सदस्य पदमा दीपक कार्की, सुपेन्द्र घिसिङ्,नरबहादुर थापा, लक्ष्मण बानिया, श्रवणकुमार सत्याल र रोविनप्रसाद शेरचनलाइ विजयी भएको घोषणा गरिएको थियो ।

उजुरी परेपछि अध्यक्ष मन्डलले एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग संयोजक रहेको छानविन समिति बनाई छानविन गर्ने जनाएको छ । यस विषयलाई निर्वाचन समितिले समेत छानविन गर्ने निर्णय गरेपछि सपथ र पदास्थापन कार्यक्रम अनिश्चित भएको छ।

उम्मेदवारहरुले एनआरएनए अध्यक्ष कुमार पन्त,पुर्व अध्यक्ष भबन भट्ट,महासचिब हेमराज शर्मा ,कोषाध्यक्ष महेश श्रेष्ठ,एशिया प्याशिफिक संयोजक रोविन्द श्रेष्ठ,निर्बाचन समितिका संयोजक नेत्र बिक्रम भन्डारी, उच्चस्तरीय छानबिन समिति तथा एनआरएनए जापानका अध्यक्ष राजन प्रधानाङ्ग, पारश पोखरेल९संयोजक अध्यक्ष मण्डल तथा डिआरसि एनआरएनए आईसिसि० तथा अध्यक्ष मण्डलका सदस्यहरुलाई निर्बाचनमा धाधली भएका सबै प्रमाण पनि निबेदनसँगै दिएका पनि छन ।

उनीहरुले एनआरएनए जापानको दशौ अधिबेसनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंग बाट गरिएको हुनाले विस्वासिलो आईटी बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याएपछि मात्र निर्बाचन परिणाम घोषणा गर्न माग गर्दै ३६१५ नक्कली भोट हालिएको प्रमाण पनि पेश गरेका छन । निबेदकहरुले ११०० मतदातालाई भोट हाल्न ईमेल र मेसेज नै नपठाएको पनि बताएका छन । २९ जना सदस्यले छानविनको माग गरेका हुन्।

निर्बाचन समितिलाई उम्मेदवारहरुले दिएको निबेदन यस्तो छ….

श्रीमान अध्यक्ष मण्डल ज्यु,
गैर आवासिय नेपाली संघ जापान
बिषय: एनआरएन जापानको दशौ अधिबेशनको निर्बाचन अटोमेटिक रुपमा कम्युटर सेटिंग बाट गरिएको हुनाले विस्वाशिलो आई टी को बिज्ञ समेत राखी छानबिन गरि यथार्थ बाहिर ल्याए पछि मात्र निर्बाचन परिणाम घोषणा गरि पाउ भन्ने सम्बन्धमा ३६१५ भोट नक्कली भोट हालिएको प्रारम्भिक आइटि रिपोर्ट संलग्न राखेको छौ ❘

महोदय,
उपरोक्त सम्बन्धमा मिति २०२१ जुलाई ३० तारिख को दिन बिहान १० बजे देखि साझ ८ बजे सम्म भएको भनिएको निर्बाचनमा अस्वस्थ,कम्युटर सेटिंग तथा एकै कम्युटर बाट ६८३ भन्दा बढी भोट अटोमेटिक रुपमा कम्युटर लाई दुरुपयोग गरि सिस्टम बनाई योजनाबद्द् रुपमा भोट हालिएको, निर्बाचनमा कम्प्युटरको आइ पी नम्बर चेक गरि हेर्दा एउटै कम्युटर बाट १० देखि ६८३ भोट सम्म अटोमेटिक रुपमा भोट हालिएको त्यस मध्ये जापान बाहिर देश इन्डिया को उडिसा सिटी बाट ४०२ भोट ,नेपालको काठमाडौँ सिटि बाट २६३ भोट , नेपाल को पोखरा सिटी बाट ११ भोट, साथै जापानको फुकुओका सिटी बाट १०१८,ओसाका सिटीबाट ४८८,आइची सिटी बाट १११,चिबा सीटी बाट ३४ भोट टोक्यो सीटी बाट १०५४ गरि मुख्य रुपमा ३६१५ भोट कम्युटरमा सेटिंग बनाई हालिएको प्रमाण यसै साथ संलग्न राखेका छौ ❘

निर्बाचन समिति बाट पहिल्यै बिबादमा आएको १,७०० भोट को को रि ट्रायल पनि नगरीएको र र मिति २०२१ जुलाई ३० मा भोटर हरु लाइ भोट गर्ने आमन्त्रण मेसेज पठाउदा १,१०० सय मेसेज पनि नपठाई मतदाता समेतको हक अधिकार हनन गरेको हुनाले हिजो भनिएको निर्बाचन खराब नियत राखी पुर्ब योजना पुर्बक बैज्ञानिक प्रबिधि लाइ दुरुपयोग गरि स्वस्थ प्रतिस्पर्धा हुन् नदीई एनआरएन जापानमा पहिल्यै देखि मौलाई रहेको आर्थिक हिनामिना, अपचलन,भ्रस्टाचार,अपारदर्शीको निरन्तरताको लागि गरिएको छ..

यो षडयन्त्रपूर्ण निर्बाचनको परिणाम बिधि पूर्ण रुपमा नियोजित गैर कानुनि ढाट र छलपुर्बक गरिएको देखिने हुनाले अध्यक्ष मण्डलबाट हिजो भएको निर्बाचनको सम्पूर्ण प्रक्रियाको यथोचित छानबिन गर्ने एक प्रबासी नेपाली हरुले विश्वास गर्न सकिने विश्वासशिलो भरपर्दो एनआरएन लाइ माया गर्ने अग्रजहरुको नेत्रित्वोमा कम्प्युटर सम्बन्धि बिज्ञहरु समेत राखी पारदर्शी छानबिन गरि यथार्थ सत्य तथ्य बाहिर ल्याउन साथै सो पश्चात मात्र सत्य तथ्य निर्बाचन परिणाम घोषणा गर्न हामी निम्न लिखित सम्पूर्ण उम्मेदवारहरु हार्दिक अनुरोध गर्दछौ…

नियोजित कथित निर्बाचन एउटा धोका हो यो बिहारी शैलीमा गरिको मजाक बाहेक अरु केहि होइन ,यस सम्बन्धमा सप्रमाण पेश गरेका छौ यथाशीघ्र ७ दिन भित्र छानबिन गरी सत्य तथ्य प्रबासी नेपाली माझ ल्याउन हामी हार्दिक आग्रह गर्दछौ…
सम्लग्न प्रमाण ९प्रारम्भिक रिपोर्ट ०

निवेदक उम्मेदवारहरु
डा.बलराम श्रेष्ठ-आईसीसी सदस्य
(निवेदक संयोजक)

राम हरी पुडासैनी-आइसिसि सदस्य
अनिता गुरुङ-अध्यक्ष उम्मेदवार
नरेन्द्र कुमार बस्नेत (दिनेश) अध्यक्ष उम्मेदवार
किरण बर्मा अध्यक्ष उम्मेदवार
सरोज खत्री अध्यक्ष उम्मेदवार
छत्र दाहाल ब.उपाध्यक्ष उम्मेदवार
बिष्णु प्रसाद घिमिरे उपाध्यक्ष उम्मेदवार
जिबन कुमार गुरुङ उपाध्यक्ष उम्मेदवार
बाल कृष्ण कंडेल (हिमाल) उपाध्यक्ष उम्मेदवार
बिकाश बस्नेत उपाध्यक्ष उम्मेदवार
टिकाराम कंडेल उपाध्यक्ष उम्मेदवार
बुद्दी राज घिमिरे उपाध्यक्ष उम्मेदवार
कालिका थापा महिला उपाध्यक्ष उम्मेदवार
टिकाराम खरेल महासचिव उम्मेदवार
कृष्ण प्रसाद खनाल कोषाध्यक्ष उम्मेदवार
सचिन श्रेष्ठ कोषाध्यक्ष उम्मेदवार
राजेश खनाल युवा संयोजक उम्मेदवार
राम प्रसाद शर्मा धनपति ९रामु ढकाल ० सदस्य उम्मेदवार
राजु पनेरु सदस्य उम्मेदवार
सुरेश सापकोटा ९सुनिल० सदस्य उम्मेदवार
राम बहादुर खत्री ९अर्जुन केसी० सदस्य उम्मेदवार
फडिन्द्र पहाडी सदस्य उम्मेदवार
रामु कंडेल सदस्य उम्मेदवार
थम बहादुर क्षेत्री सदस्य उम्मेदवार
कृष्ण बहादुर थापा सदस्य उम्मेदवार
तारा बहादुर कार्की सदस्य उम्मेदवार
बिनय गुरुङ सदस्य उम्मेदवार
मन्जु गिरी सदस्य उम्मेदवार
बोधार्थ –
१. डा.नेत्र भण्डारी-निर्बाचन समिति
२.श्री भबन भट्ट-अनुगमन समिति संयोजक जापान एन आर एन तथा पुर्ब आ सिसि अध्यक्ष
३.श्री महेश श्रेष्ठ-कोशाध्यक्ष आइ सिसि एनआरएनए
४.श्री रोविन्द श्रेष्ठ गोबिन्द आर सी ,एसिया प्यासिफिक
५.श्री पारश पोखरेल – संयोजक अध्यक्ष मण्डल तथा डी आर सी एसिया प्यासिफिक
६.श्री राजन प्रधानाङ्ग-संयोजक उच्चस्तरीय छानबिन समिति तथा पुर्ब अध्यक्ष एन आर एन जापान
७.श्री कुमार पन्त-अध्यक्ष एन आर एन ए
८.श्री हेमराज शर्मा महासचिव एन आर एन ए
९.श्री ओम गुरुङ-अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
१०.श्री रोशन केसी-अध्यक्ष मण्डल सदस्य तथा पुर्ब एन आर एन जापान अध्यक्ष
११.श्री नारायण सुबेदी-अध्यक्ष मण्डल सदस्य तथा आई सिसि सदस्य
१२. श्री शालिक राम भण्डारी-अध्यक्ष मण्डल सदस्य

 

– निर्वाचन समितिको स्पष्टिकरण…
अहिले केहि उम्मेदवार तथा सदस्यहरूका फेसबुक पेजहरूमा मतदाताहरूले प्रयोग गरेको सीस्टमको आइपी याड्रेसलाई लोकेट गरि मतदाताहरूले कुन ठाउँ बाट मतदान गरे भनेर लिस्टहरू राखिएको छ। नेपालबाट मतदान गरिएको केसमा केहि सदस्य (मतदाता) हरू नेपालमै रहेको र त्यतैबाट ईमेलको प्रयोग गरि मतदान गरेको हुन सक्छ। तर लगभग ५०० मतहरू आइपी याड्रेस ट्रेसिङ गर्दा भारतको उडिसा राज्य देखिन आएकोछ।
यो कुनै सेटिंग या उडिसाबाटै मतदान गरिएको नभइ, मतदाता नामावली निर्वाचन समितिसम्म आइपुग्नु भन्दा पहिले नै भएको ईमेल ठेगाना परिबर्तनका केसहरूसँग सम्बन्धित हुनसक्ने हाम्रो प्रारम्भिक अनुमान छ। यसका लागि यी मतहरू खसाल्दा ति व्यक्तिहरूले जापानकै सीस्टमबाट भी. पी. एन. (VPN: Virtual Private Network) को प्रयोग गरि कहाँबाट मतदान गरियो भन्ने लुकाउन खोजेको हुन सक्छ। यसका बारेमा केही बुझ्नुपरेमा, तलको लिङ्कमा हेर्न सकिन्छ। तर यो हाम्रो अनुमान मात्र हो।
त्यस्तै, एक ठाउँबाट अर्को ठाउँको आइपी याड्रेस लोकेट कसरी गर्न सकिन्छ भन्ने बारेमा पनि केही जानकारी तलको लिङ्कमा हेर्न सकिन्छ। उम्मेदवार साथीहरूले शंका गरेजस्तो निर्वाचन समितिको यसमा कहीं कसै सँग संलग्नता नभएको कुरा पनि प्रष्ट पार्दछौं। उहाँहरूले सम्बन्धित निकायमा उजुरी दिइ सकेकाले यस विषयमा कारवाहि त हुने नै छ।
निर्वाचन समितिसँग कुन मतदाताले, कुन समयमा, कहाँबाट मतदान गरेको भन्ने सम्पूर्ण ७,७५७ मतदान गरेका मतदाताहरूको डेटा भएको र आवश्यक पर्दा हामीले सम्बन्धित निकायलाई उपलब्ध गराउन सक्ने भएकाले यो शंकालाई केही हदसम्म कम गराउन सकिने छ भन्ने हामीलाई विश्वास छ। तथापि, ती भारतको उडिसा राज्यबाट मतदान गरेका भनेर देखिएका मतहरू कसले कहाँबाट खसाल्यो भनेर भन्न चाँही गाह्रोनै हुनेछ। अहिलेको हकमा, हामीसँग भएको डेटाबाट कुन मतदाताले (अथवा कुन मतदाताको सट्टामा) यी उडिसा राज्यका आइपी याड्रेसको प्रयोग गरि मतदान गरे भन्ने चाँही थाहा पाउन सकिनेछ। साथै, कसले यस्तो गर्यो भनेर पत्ता लगाउन चाँही हामीले पहिला मतदाता नामावलीमा भएको हेरफेरका बारेमा खोजी गर्नुपर्ने हुन्छ।
F-Secure Freedome VPN का बारेमा:

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*