१७ औं स्थापना दिवसको अवसरमा बृहत्त रक्तदान,

आवाज खबर
११ श्रावण २०७८, सोमबार १३:२५

सामुदायिक विद्युत उपभोग्ता राष्ट्रिय महासंघ नेपालको १७ औं स्थापना दिवसको अवसरमा बृहत्त रक्तदान कार्यक्रमको आयोजना गरेको छ । महासंघको स्थापना दिवसको अवसरमा प्रगति नगर सामुदायिक विद्युत सहकारी संस्था बुटवलले आयोजना गरेको रक्तदान कार्यक्रममा २८ युनिट रगत संकलन भएको छ । बुटवलमा रगतको अभाव नहोस भन्दै महासंले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रत्येक वर्ष महासंघको स्थापना दिवसमा बुटवलमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको प्रगति नगर सामुदायिक विद्युत सहकारीका अध्यक्ष जित बहादुर मल्ले जानकारी दिनुभयो । सामुदायिक विद्युत उपभोग्ता राष्ट्रिय महासंघ नेपालका सचिब एम बहादुर पक्षाइको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाईटी बुटवल रक्तसञ्चार केन्द्रका कृष्ण चौंहान क्षेत्री , कार्यक्रम संयोजक राजेस बहादुर बुढाथोकी , सहकारीका उपाध्यक्ष राजकुमार गुप्ता , ब्यवस्थापक नर बहादुर भण्डारी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा जि २५ , प्रगतिनगर खानेपानी उपभोक्ता , सहनशिल टोल विकास संस्था , दुर्गा भवानी टोल र भैरहवा रक्तसञ्चार ईकाईको प्राविधक सहयोगमा रक्त्दानको आयोजना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*