निस्वार्थ, निरन्तरता र निष्पक्षताको निम्ति एनआरएनए जापानको अध्यक्षमा खत्रीको उम्मेदवारी

आवाज खबर
४ श्रावण २०७८, सोमबार १९:१६

गैर-आवासीय नेपाल संघ (एनआरएनए) जापानको अध्यक्षमा सरोज कुमार खत्रीले उम्मेदवारी दर्ता गरेका छन् । ‘एकता नै बल हो’ भन्ने मुख्य नाराका साथ अगाडि बढेका सरोज खत्री विगत १७ वर्ष देखि जापानलाई कर्मक्षेत्र बनाउँदै एनआरएनए गतिविधिमा सक्रिय हुँदै आएका छन्।

कसैलाई अप्ठ्यारो पर्दा होस् या जापानी कम्पनीहरुमा नेपालीहरुलाई काम लगाइदिने काममा सधै सक्रिय रहने सरोज आफु कार्यसमितिमा नरहेको समयमा समेत सहयोगको काममा लागिपर्छन्। यसै कारणले सम्पुर्ण नेपालि र विद्यार्थीहरुको माझमा उनि लोकप्रिय मानिन्छन्।

‘निश्वार्थ ,निरन्तरता ,निष्पक्षता एनआरएनएमा मेरो प्रतिबद्धता र परदेशमा भएका नेपाली समाज र नेपालीका लागि घर र देशको लागि जे आवश्यकता र समस्या छन्, ती तमाम समस्याहरुलाई जापान स्थित रहेका बिभिन्न संघसंस्था र नेपालीहरु संगै मिलेर समाधान गर्ने’ मुख्य चुनाबी एजेन्डाका साथ खत्रीले सन् २०२१-२०२३ का लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको छन्।

साथै अहिले एनआरएनएमा उठिरहेको पारदर्शिता र जवाफदेहिता मुख्य मुद्दा रहेको पनि उनको भनाइ छ। खत्री भन्छन्, ‘डेढ दशक भन्दा लामो जापान बसाइँको अनुभव भएकोले एनआरएनए जापानको सुधारमा लाग्नेछु’।

खत्रीले सन् २००५ मा सदस्यको रुपमा एनआरएनए जापानमा आबद्ध भई आफ्नो यात्रा सुरू गरेर २०१३ देखि २०१५ को कार्यकालमा कान्तो क्षेत्रीया समितिको संयोजक र २०१७ देखि २०१९ को कार्यकालमा एनआरएनए जापानको राष्ट्रिय समन्वय परिषदको उपाध्यक्ष पद समेत सम्हालि सकेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको चुनाव आगामी जुलाई २७ तारिखमा सम्पन्न हुँदैछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*