पानी परेको बेलामा रुघाखोकीले सताउन सक्छ, यी ८ खानेकुरा खानुस…

आवाज खबर
२४ असार २०७८, बिहीबार १३:४०

बुटवल- वर्षाको बेलामा रोगको चपेटामा परिने खतरा दुईगुणा बढ्छ । यस्तोमा इम्युनिटी बलियो हुन आवश्यक छ । यहाँ हामी इम्युनिटी वृद्धि गराउने खानेकुराहरूको चर्चा गर्दैछौं ।

तुलसी
तुलसीमा पोषक तत्त्व, एन्टी–बायोटिक, एन्टी–ब्याक्टेरियल र औषधीय गुणहरू पाइन्छन् । तुलसीको काढा बनाएर पिएमा इम्युनिटी र पाचनतन्त्र बलियो बन्छ ।

अदुवा
अदुवा पनि औषधीय गुणले भरपूर वनस्पति हो । यसले पनि इम्युनिटी बढाउने र पाचन दुरुस्त राख्ने काम गर्छ । नियमित रूपमा अदुवा हालेको चिया वा काढा पिउने गर्दा मौसमी रुघाखोकीबाट बच्न सकिन्छ ।

लसुन
लसुन औषधि नै हो । यसको सेवनले शरीरको प्रतिरोधक क्षमता बढ्छ । संक्रमणसँग लड्ने शक्ति यसले उपलब्ध गराउँछ । मौसमी रुघाखोकीबाट जोगाउने अनि लागेमा छिटो निको बनाउने काम पनि यसले गर्छ ।

बेसार
बेसार इम्युनिटी बढाउने गुणकारी वनस्पति हो । यसलाई दूध वा पानीमा राखेर सेवन गर्न सकिन्छ । यसले रुघाखोकीबाट जोगाउँछ ।

कागती
कागतीले निकै द्रुत गतिमा इम्युनिटी बढाउने काम गर्छ । वर्षामा रुघाखोकी र ज्वरोबाट जोगिन कागती सेवन गर्ने गर्नुपर्छ । भाइरसको चपेटाबाट निको हुन पनि कागतीले सहायता गर्छ ।

पालुंगो
पालुंगोमा अनेकौं पोषक तत्त्व हुन्छन् । नियमित रूपमा पालुंगोको सेवन गर्दा इम्युनिटी बढ्छ । रोगबाट छिटो निको हुन यसले सहायता गर्छ ।

हर्बल चिया
मनसूनमा रोगहरूबाट बच्न र इम्युनिटी बढाउन दिनदिनै हर्बल चिया पिउने गर्नुस् । यसले शरीरमा भाइरससँग लड्न सहायता गर्छ । राम्रो शारीरिक विकासका लागि यो उत्तम वरदान हो ।

धनियाँ
इम्युनिटी बढाउन धनियाँ लाभदायक हुन्छ । धनियाँको काढा वा चिया पिउँदा रोगहरूबाट बच्न सकिन्छ । वर्षामा धनियाँको सेवन अवश्य गर्नुपर्छ।

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*