‘द भ्वाइस अफ नेपाल’ मा दीप श्रेष्ठ फर्किएपछि राजेश पायल राइ हट्ने

आवाज खबर
२४ असार २०७८, बिहीबार १३:०४

बुटवल- वरिष्ठ गायक दीप श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ मा फर्किएपछि राजेश पायल राई बिदाइ भएका छन्। नेपालको चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को कोचमा बिरामी भएका कारण दिप श्रेष्ठले केहि समय आराम गरेका थिए ।

कोरोना भाइरसबाट संक्रमित भएपछि दीप श्रेष्ठ २ साता भन्दा बढी अस्पतालमा उपचाररत रही घर फर्किएका थिए । उनी कोरोनामुक्त भएपनि केही समय आराम गर्न घरमै बसेका थिए । जसकाकारण, उनी ‘द भ्वाइस अफ नेपाल’को सेटमा उपस्थित हुन सकेका थिएनन् ।

दीप श्रेष्ठको अनुपस्थितीमा गायक राजेश पायल राई कोचको रुपमा ‘द भ्वाइस अफ नेपाल’को कुर्सीमा बसेका थिए । तर, अब पूर्ण रुपमा निको भएपछि दीप श्रेष्ठ सेटमा फर्किएको यो शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिएका छन् । उनले भने–‘दीप सर द भ्वाइसको सेटमा फर्किसक्नु भएको छ । अब, हरेक शुक्रबार र शनिबार नै दर्शकले उहाँलाई शोमा कोचको भूमिका निर्वाह गरेको देख्न पाउनेछन् ।’

‘द भ्वाइस अफ नेपाल’ उत्कृष्ट १२ मा पुगेको छ । अब, दर्शकको भोटिङको आधारमा प्रतिस्पर्धीहरु बाहिरिनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*