अभिनय संगै व्यवसायमा आबद्ध बलिउडका कलाकारहरु

आवाज खबर
१७ असार २०७८, बिहीबार १५:३५

मुम्बई– भारतीय फिल्म उद्योग अर्थात बलिउडमा ठूलो कलाकारको रुपमा स्थापित हुन त्यति सजिलो छैन । यो क्षेत्रमा सबैको यात्रा संघर्षले भरिएको हुन्छ ।

अहिले पनि केही कलाकारहरु फिल्ममा सफलता प्राप्तिका लागि मेहनत गरिरहेका छन् भने केही यो क्षेत्रबाट अगाडि बढेर केही नयाँ गरिरहेका छन् । त्यस्तै केही कलाकार त अभिनयमा सफल हुनुको साथ–साथै व्यापारको संसारमा पनि सफलता हासिल गरिरहेका छन् ।

यी हुन् ती कलाकार जसले अभिनयसंगै व्यापार पनि सम्हालेका छन् ।

बबी देओल

मुम्बईमा एउटा लोकप्रिय रेस्टुराँका साथै अभिनेता बबी देओलले अन्य धेरै ठाउँहरुमा लगानी गरेका छन् । उनको रेस्टुराँले इन्डो–चाइनीज परिकार पस्कन्छ । मानिसहरुले उनको रेस्टुराँको खानालाई मन पराएका छन् ।

अनुष्का शर्मा

अनुष्का शर्माले अभिनयसंगै प्रोडक्शन र व्यापारमा पनि सफलता कमाएकी छिन् । अनुष्का क्लोदिङ ब्राण्ड नुषकी मालिक हुन् । उक्त क्लोदिङ ब्राण्डको कुरा गर्ने हो भने अनुष्काको स्टाइल जस्तै उनको क्लोदिमा शितल र क्याजुअल आउटफिटहरु उपलब्ध छन् ।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीले फिल्मबाट दूरी बनाएता पनि उनलाई विभिन्न टेलिभिजन शोहरुमा देखिन्छ । यसबाहेक शिल्पा लोसिस सेलून र स्पा की मालिक हुन्, जसको फेन्चाइजी भारतका विभिन्न शहरहरुमा फैलिएको छ ।

अभिषेक बच्चन

अभिषेक बच्चन बलिउडमा पिता जत्तिकै सफलता प्राप्त गर्न नसके पपनि व्यवसायको दुनियाँमा भने उनी धेरै अगाडि छन् । अभिषेक प्रो कब्बड्डी लीग जयपुर पिंक प्यान्थर र इन्डियन सुपर लीग फुटबल टीम चीनाएनी एफसीका मालिक हुन् ।

प्रियंका चोपडा

प्रियंका चोपडाले बलिउडदेखि हलिउडसम्म आफ्नो भूमिकाको जादु देखाएकी छिन् । प्रियंकाले केही अघिमात्र न्यूयोर्कमा भारतीय परम्परागत रेस्टुराँ सोना सञ्चालनमा ल्याएकी छिन् । यसका साथै प्रियंकाले पछिल्लो ३ वर्षदेखि रेस्टुराँमा लगातार काम गरिरहेकी थिइन् ।

सुनील शेट्टी

कुशल अभिनेता सुनिल शेट्टीले आफ्नो व्यवसायलाई सफलताको शिखरमा पुऱ्याइसकेका छन् । सुनिलका विभिन्न शहरमा जिमशाला, रियल स्टेट, क्लबहरु अन्य धेरै कुराको बिजनेस गर्छन् । यसको साथै उनी प्रोडक्शन हाउस पपकर्न इन्टरटेनमेन्टका मालिक पनि हुन् भने हकीम आलिमको सलूनमा पनि उनको शेयर रहेको छ ।

कट्रीना कैफ

कट्रीना केफको फिल्मदेखि उनको सुन्दरताको प्रशंसकहरु धेरै छन् । कट्रीन अभिनयको साथै मेकअप लाइन के ब्यूटीकी मालिक हुन्, जसको प्रमोशन उनी प्रायस् आफ्नो इन्स्टाग्राम ह्यान्डल द्वारा गर्छिन् ।

ट्विंकल खन्ना

ट्विंकल खन्नाले अब फिल्म संसारबाट लेखन संसारमा पाइला बढाएकी छिन् ।उनी अहिले विभिन्न पत्रपत्रिकामा स्तम्भ लेखन गर्छि भने बेस्ट सेलिङ किताबको माध्यमबाट मानिसहरुमा लोकप्रिय बन्दै छिन् । यसका साथै उनी आमा डिम्पल कपाडियाका साथ द व्हाइट विन्डो नामक एउटा इन्टेरियर डिजाइन र क्यान्डिल व्यवसायकी सह–सञ्चालिका पनि हुन् ।

सुष्मिता सेन

दुई छोरीहरुकी एकल आमा सुष्मिता सेनले भखर्रै वेब सीरीजको दुनियाँमा डेब्यू गरेकी छिन् । सुष्मिताले अभिनयसंगै व्यवसाय पनि चलाएकी छिन् । सुष्मिता तन्त्र प्रोडक्शन कम्पनीको मालिक हुन् । यसका साथै दुबईमा ज्वेलरी रिटेल स्टोर रेनी ज्वेलर्सको मालिक रहनुको साथै आईएमसी नामक ब्यूटी पेजेन्ट फ्रेन्चाइजीलाई सुष्मिताले सफलतापूर्वक सञ्चालन गरेकी छिन्ु यसकाबाहेक उनका धेरै वटा सलूनहू समेत छन् ।

अर्जुन रामपाल

अभिनेता अर्जुन रामपाल एक इभेन्ट म्यानेजमेन्ट फर्म चलाउँछन् , जसको नाम चेसिङ गणेश हो । उनी दिल्लीमा चाणक्यपुरीको होटल सम्राटमा एलएपी नामक एउटा भव्य लाउन्जको को–अनर पनि रहिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*