जापानमा छायाङ्कन भयो ‘चोखो मायामा’ (भिडियो सहित)

आवाज खबर
१० असार २०७८, बिहीबार ११:२८

मुक्ति सुबेदी- (बुटवल),  जापानको टोकियो स्थित विभिन्न ठाउँमा छायाङ्कन गरिएको लोक आधुनिक शैलीको ‘चोखो मायामा’ गीत युटुब मार्फत सार्वजनिक भएको छ। रोजगारीको सिलसिलामा जापानमा रहेका नेपालीहरुले यस भिडियोमा अभिनय गरेका छन्।

पवन राना मगरको स्वर, गीतकार बिनम खत्रीको शब्द रहेको यस गीतमा मनराज गुरुङ (दौंतरी व्याण्ड) ले संगीत भरेका छन् । भिडियोमा योक्रिस सुवेदी, सुरक्षा भण्डारी, राम खत्री, अरुणा थापा र टेक गुरुगंको अभिनय रहेको छ । गोविन्द बिष्टले छायांकन तथा सम्पादन गरेको उक्त भिडियोलाई संगीतकार स्वयं मनराज गुरुङले निर्देशन गरेका हुन् ।

टोकियोको विभिन्न सुन्दर स्थानमा छायाङ्कन भएका दृश्यहरुले भिडियोलाई आकर्षक बनाएको छ। विदेशी भूमिमा भिडियो बनाउन, गीतको काम गर्न र समय व्यवस्थापन गर्न गाह्रो भएपनि पहिलोपटक आफुलाई गीतकारको रुपमा प्रस्तुत गर्न पाउँदा हौसला बढेको यस गीतका गीतकार विनम खत्री बताउछन।

सूर्य खड्काको यु्ट्युव च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतले दर्शकको मन जितिरहेको छ भने सकारात्मक प्रतिक्रिया दिएका छन्। अझैपनि दर्शकको राम्रो साथ पाउने विश्वास आफुहरुमा रहेको निर्माण पक्षले बताएको छ ।

मिडिया पार्टनरको रुपमा रहेको आवाज खबर डटकम टिमको तर्फबाट यस गीतलाई सफलताको शुभकामना छ। भिडियो हेर्नको निम्ति तलको लिङ्ग क्लिक गर्नुहोस…

https://youtu.be/UOE6C6E3adE

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*