निषेधाज्ञाको ‘स्मार्ट मोडेल’ : सार्वजनिक यातायात र हवाई क्षेत्र नखुल्ने, अन्य क्षेत्र खुकुलो

आवाज खबर
६ असार २०७८, आईतवार १५:५८

काठमाडौं- काठमाडौं उपत्यकामा मंगलवारबाट निषेधाज्ञा थप खुकुलो र व्यवस्थित हुने भएपनि सार्वजनिक यातायात र हवाई भने सञ्चालन नगरिने भएको छ ।

कोरोना संक्रमणको जोखिम केहि घटेसँगै मंगलवारबाट उपत्यकामा ‘स्मार्ट निषेधाज्ञा‘ को नीति लागू गर्न लागिएको छ । तर जोखिम अझै टरिनसकेको कारण सार्वजनिक यातायात र हवाई सञ्चालन केहि पछिबाट मात्रै हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारीले प्रेम प्रसाद भट्टराईले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार हालको भन्दा केहि व्यवस्थित र खुकुलो बनाउनेबारे छलफल गर्नका लागि आज साँझ तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको छ ।

“निषेधाज्ञाको मोडेल परिवर्तन गरि पहिलेभन्दा थप खुकुलो र व्यवस्थित बनाउनबारे निर्णय गर्न आज बैठक बस्दैछ । अन्य क्षेत्रहरु खुकुलो बनाइने भएपनि सार्वजनिक यातायात र हवाई भने तत्काल खोलिनेछैन ।” उनले भने ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्यामा कमि आएसँगै उपत्यका प्रशासनले निषेधाज्ञाको मोडेल परिवर्तन गर्न लागेको हो ।
नेपालमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै काठमाडौं उपत्यकामा गत वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरिएको थियो । विभिन्न चरणहरुमा थप गरिएको जारी निषेधाज्ञा असार ७ गते भोलिबाट सकिँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*