संसद विघटन विरुद्ध विपक्षी दलहरु सोमबार अदालत जाने

आवाज खबर
९ जेष्ठ २०७८, आईतवार १६:२१

काठमाडौँ । विपक्षी दलहरुले संसद विघटनविरुद्ध सोमबार अदालत जाने भएको छ । आज सर्वोच्च अदालत जानुअघि सिंहदरबारमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका सांसदहरु हस्ताक्षर र नागरिकता संकलन भइरहेको भएपनि तयारी पुरा नभएको भन्दै सोमबार मात्र अदालत जाने भएका हुन् ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज सबै कागजपत्र तयार गरेर सोमबार बिहान १० बजे सर्वोच्च जाने जानकारी दिएका छन् । आइतबार सिंहदरबारस्थित काँग्रेस संसदीय दलमा काँग्रेसका सांसद, माओवादी संसदीय दलको कार्यालयमा माओवादी र जसपा संसदीय दलका कार्यदलमा जसपाका सांसदहरु हस्ताक्षर र नागरिकता संकलन गरिएको थियो ।

त्यसपछि संसद भवन वानेश्वरमा विपक्षी दलका सांसदहरुसहित छलफल समेत गरिएको छ ।

विपक्षी दलहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्दै रिट दायर गर्ने तयारी गरेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*