नेपालको ४३ औं प्रधानमन्त्रीे ओलीको सपथ ग्रहण, २५ सदस्यीय मन्त्रिमण्डल गठन

आवाज खबर
३१ बैशाख २०७८, शुक्रबार १९:३९

काठमाडौँ, वैशाख ३१- नेकपा एमालेका अ्रध्यक्ष केपी शर्मा ओलीले नेपालको ४३ औं प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेकाछन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त भएका प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन।

आफ्नो तेश्रो कार्यकालको सपथ ग्रहण गरेका ओलीले आफुले सपथ ग्रहण गरे लगत्तै आफ्नो नेतृत्वको नया मन्त्रिपरिषद् विस्तार गरेका छन् । नवगठित ओली नेतृत्वको यो सरकारले आगामी ३० दिन भित्र संसदबाट बिश्वासको मत लिनु पर्ने कानूनी ब्यवस्था छ ।

बैसाख २७ गते प्रतिनिधी सभामा बिश्वासको मत पाउन नसकेका ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसै दिन राती पदमुक्त गरेर संबिधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार गठनका लागि दलहरुलाई आब्हान गरेकी थिइन् ।

राष्ट्रपतिको आब्हान अनुरुप संबिधानको धारा ७६ को उपधारा २ अनुरुप कसैले पनि सरकार गठनको दावी नगरेपछि संसदमा सबैभन्दा धेरै सदस्य रहेको दलको नेताको रुपमा केपी शर्मा ओलीलाई बिहिवार ९ः३० बजे प्रधानमन्त्रीको रुपमा नियुक्त गरेकी थिईन ।

प्रधानमन्त्री केपी ओलीले निवर्तमान मन्त्रिपरिषदका अधिकांश सदस्यहरुलाई समावेश गरेर २५सदस्यीय नयाँ मन्त्रिमण्डल बिस्तार गरेका छन् ा उनीहरु सबैले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गरेका छन् । यस अघि उप प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका ईश्वर पोखरेललाई पुनः उपप्रधानमन्त्रीको जिम्मेवारी दिईएको छ ।

गृहमन्त्रीमा राम बहादुर थापा बादल, अर्थमन्त्रीमा बिष्णु पौडेल, परराष्ट्र मन्त्रीमा प्रदीप ज्ञवाली, सन्चारमन्त्रीमा पार्वत गुरुङ,उर्जामन्त्रीमा टोप बहादुर रायमाझी,कृषीमन्त्रीमा पदमा अर्याल, उद्योग मन्त्रीमा लेखराज भट्ट खानेपानी मन्त्रीमा मणि थापा, स्वास्थ्यमन्त्रीमा ह्दयस त्रिपाठी र भोतिक पुर्वाधार तथा यातायात मन्त्रीमा बसन्त कुमार नेम्वाङ, संस्कृती पर्यटन नागरिक उड्यनमन्त्रीमा भानुभक्त ढकालले निरन्तरता पाएका छन् ।

यसका साथै भुमी ब्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रीमा डा शिवमाया तुम्वाहाम्फे,श्रम रोजगार तथा सामाजिक बिकास मन्त्रीमा गौरी संकर चौधरी, संघिय मामिला तथा समान्य प्रशासन मन्त्रीमा गणेश ठगुन्ना कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा लिला श्रेष्ठ, बनमन्त्रीमा प्रेम आले महिला तथा बालबालिका जेष्ठ नागरीक मन्त्रीमा जुली कुमारी महतो र युवा तथा खेलकुद मन्त्रीमा दावा तामाङले जिम्मेवारी पाएका छन् ।

यसका साथै यसअघिका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत,सहरी बिकास राज्यमन्त्री रामबिर मानन्धर र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री बिमला बिक दोहोरीएकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*