‘शराबी’ गीत सार्वजनिक (भिडियो)

आवाज खबर
२४ बैशाख २०७८, शुक्रबार १७:४७

बुटवल- नेपालि संगीत पारखीहरूलाई लक्षित गरेर निर्माण गरिएको ‘शराबी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । `हरेक साँझ शराब पिउने बानी भाछ´ बोलको उक्त गजललाई आभानी मिडियाले निर्माण गरेको हो । गजलमा राजन बीपोजेटिभका शब्द रहेका छन् भने राहुल विश्वकर्माले संगीत भरेका छन् गजलमा देवराज न्यौपानेको आवाज रहेको छ ।

आज सार्वजनिक गरिएको यो गजलमा प्रेममा विछोड भएपछि शराबी बनेको प्रेमीको कथालाई चित्रण गरिएको छ । लामो समय नाट्यकर्म गरेका कलाकार राज न्यौपाने, दीपजंग शाही साथै दीपक सापकोटा, अस्मि बिक, शिखा परियार, सपना थापा, अभिषेक राना, विजय पंगेनी, वसन्त पोखरेललगायतको अभिनय रहेको सो गजललाई जनक पाण्डेले निर्देशन गरेका हुन् ।

गणेश भुसाल र प्रेम भट्टराईले निर्माण गरेको सो गजलको छायांकन नवलपुरको दलदलेस्थित होटल हातेमालो ईनमा गरिएको हो । गजलमा दीपेश कडरिया कार्यकारी निर्माताका रुपमा रहेका छन् । यो गजललाई ह्याप्पी टाइम्स टिभी युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । भिडियो ६ मिनेट २७ सेकेन्डको छ । गीतलाई हाम्रो तर्फबाट शुभकामना छ।

भिडियो हेर्नुहोस….

https://www.youtube.com/watch?v=pMI2h5uzLEE

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*