स्वास्थ्य मन्त्रालय: अस्पतालमा शैया अभाव, २२ जिल्ला कोरोनाबाट अतिप्रभावित

आवाज खबर
१७ बैशाख २०७८, शुक्रबार १७:०३

काठमाडौं । सरकारले अहिलेको स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरि कोरोना संक्रमण बढेको भन्दै सम्बेदनशिल हुन अनुरोध गरेको छ। कोरोना भाइरसको संक्रमण डरलाग्दो किसिमले बढ्दै गएको भन्दै अत्याधिक संवेदनसिल हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

शुक्रबार मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तीमा काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, कैलाली, कञ्चनपुरलगायतका २२ जिल्ललाई अति प्रभावित जिल्लाका रुपमा राखिएको छ ।

यी जिल्लामा संक्रमण डरलाग्दो किसिमले बढिरहेको र स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था सिर्जना भएको मन्त्रालयले जनाएको हो । यस्तो अवस्था पूर्णरुपमा स्वास्थ्य मापदण्डको पालना गर्दै सुरक्षित रहन मन्त्रालयले सबैमा आग्रह गरेको छ ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला भएको र यहाँ संक्रमण डरलाग्दो तरिकाले फैलिएको मन्त्रालयद्वारा जारी अपिलमा उल्लेख छ ।

कुनै पनि मार्गबाट देश विदेश जानेआउने तथा आन्तरिक बाह्य पर्यटनका लागि कहिँकतै जाने कामहरु पूर्णरुपमा नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । सार्वजनिक स्थानमा जाने, भीडभाड हुने कामहरु समेत नगर्न र नगराउन समेत मन्त्रालयले भनेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*