बुटवलमा नाटकघरको सुरुवात, ‘सुनको पिंजडा’ प्रदर्शन हुँदै

आवाज खबर
५ बैशाख २०७८, आईतवार १०:३५

(मुक्ति सुबेदी), बुटवल- नेपालकै सुन्दर शहरको रुपमा बुटवललाइ लिने गरिन्छ । यस क्षेत्रका धेरै कलाकारहरुले राष्ट्रिय रुपमा आफ्नो छवि निर्माण गरिसकेका छन्। तर यहीं बसेर काम गर्ने कलाकर्मीहरु भने कमै भेटिञ्छन। बुटवलबाट राजधानीमा गइ कलाकारिता गर्नेहरु धेरै छन् ।

बुटवलमा नाटकघर संचालन गर्नको निम्ति दशक अघिदेखि प्रयासहरु भएपनि सुरुवात हुन भने सकेको थिएन। कलाकारितामा २ दशक अघिदेखि अनवरत लागिरहेका बागेश्वरी संगीतालयका संचालक सुरेश सेन्चुरीले बागेश्वरी थिएटरको सुरुवात गरेका छन्। पाल्पा,अर्घाखाँची, गुल्मी, रुपन्देही, स्याङ्गजा, कपिलवस्तु लगाएतका स्थानबाट बुटवलमा बसेर कलाकारिता लाई अगाडि बढाउन चाहनेहरुको निम्ति नाटकघर संचालन पछि रंगमंचको क्षेत्रमा अघि बढ्न सहज हुने बताएका छन।

लामो समयदेखि रङ्गमञ्चको केन्द्रको रुपमा काठमाण्डौलाइ मात्र बुझियो । तर, काठमाडौंले मात्रै सम्पूर्ण नेपाली रङ्गमञ्चको अनुहार बोक्न सक्दैन। नाटकको विकास हुन रङ्गकर्मीले अलग–अलग भूगोलमा बसेर त्यहाँको संस्कृतिसँग जोडिएर काम गर्नुपर्छ, त्यसो गर्न सकेमात्र विविधता आउँछ ।

तराईमा आफ्नै शैलीहरू छन् । पुराना र मौखिक परम्परा छन् । पाँचथर, फिदिमतिर राईहरूको आफ्नै संस्कृति छ । मुन्धुमको आफ्नै परम्परा छ । धाननाचको जुन गिती शैली छ वा महाकालीमा जाने हो भने अर्कै किसिमको शैली छ । यस्ता विषयले आफ्नो पहिचान बनाउन मद्दत पुर्‍याउँछ । हामीसँग विविधता धेरै छ, तर त्यसमा काम गर्न नसक्नु रङ्गमञ्चको वातावरण नबन्नु हो ।

यो विविधता खोज्न केन्द्र भत्काउने काम विस्तारै भइरहेको छ । अब अघि बढ्नुपर्छ । यी भनाइ हरु हुन् २ दशक काठमाण्डौको रंगमंचमा समय बिताएर हाल पोखरामा एक्टर्स स्टुडियो संचालन गरेका वरिष्ठ रंगकर्मी अनुप बरालको। अनुप बराल नेपाली रङ्गमञ्च र सिनेमाका स्वप्नद्रष्टा हुन्, अनि नयाँ पुस्ताका गुरु पनि ।

साहित्यका अन्य विधाको तुलनामा कम पढिने र आर्थिक उपार्जन पनि कम हुने भएकाले नाटकमा कम लेखक आकर्षित हुन्छन् । पछिल्लो समय, नाटक लेखन अभाव हुँदा कथा वा उपन्यासलाई नाटकीकरण गरी मञ्चन गरिएको कयौं उदाहरण छन् । यसले नेपाली रङ्गमञ्चमा प्रस्तुतिका हिसाबले विविधता भने थपेको छ ।

मानिसको जीवनधारा कहिले पनि समाप्त हुँदैन, कल्पना कहिले पनि थामिँदैन र रचनाशीलताले जुनसुकै विकट स्थितिमा पनि आफ्नो आकार बनाउँदछ । रंगमञ्च एकान्तलाई सार्वजनिक गर्ने कला हो । एउटा समुदायभित्र छिरेर नै नाट्य प्रस्तुतिहरुले सम्पुर्णता पाउँछन् ।

भोलि चैत्र ६ गते देखि प्रदर्शन हुन लागेको नाटक ‘सुनको पिंजडा’ लाइ राजकुमार पुडासैनीले निर्देशन गरेका छन्। करिब २ महिनाको अवधिमा मन्चन गरि तयार पारिएको सुनको पिंजडा सोमबार साँझ ५:३० बजे पहिलोपटक प्रदर्शन हुन लागेको छ। यस नाटक अवलोकनका निम्ति बुटवलबासि महानुभावहरुलाई आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*