स्याङ्जा सहयोग समाजको क्यालेण्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

आवाज खबर
३ बैशाख २०७८, शुक्रबार १२:५१

बुटवल- स्याङ्जा सहयोग समाज अन्तराष्ट्रिय समन्वय समितिले नववर्षको अवसरमा क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ। भर्चुअल माध्यम ‘जूम’बाट आयोजित अनलाइन मिटिङमा अहिलेसम्म भएका कार्यक्रम मध्ये सबैभन्दा धेरै सदस्य ज्यूहरुको सहभागिता रहेको अध्यक्ष जीवन न्यौपानेले बताएका छन्।

कार्यक्रममा प्रमुख अतिथि कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष चैतन्य कृष्ण तथा लोक तथा दोहोरि गीत प्रतिष्ठानका पुर्व अध्यक्ष लोकगाएक पुरुषोत्तम न्यौपानेको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि तथा आध्यात्मिक अभियन्ता चैतन्य कृष्ण ज्यूका उर्जायुक्त वाणीले उपलब्धीमुलक कार्यक्रम बन्न सफल भएको थियो। उनले टिममा काम गर्न सके र संगठन राम्रो बनाउन सकेको खण्डमा जस्तोसुकै गाह्रो मानिएका कामहरु पनि सजिलै गर्न सकिने बताएका थिए। नववर्ष संगै आफ्नो कारणले अरु कसैको मन नदुखाउन र खराब आचारणलाइ सुधार्दै जान सबै प्रतिबध्द भए हाम्रो समाजमा सकारात्मक संदेश फैलदै जाने बताएका छन्।

त्यस्तै विशिष्ट अतिथि तथा लोकगाएक पुरुषोत्तम न्यौपानेको सुमधुर आवाजले सबैलाई मन्त्रमुग्ध बनाएको थियो। स्याङ्जा सहयोग संगठनको एकता र सक्रियताको आफुले सधै सम्मान गर्ने र आगामी दिनमा अझ राम्रा काम गर्दै जान सुझाव दिएका थिए।

जीवन न्यौपानेको सभापतित्वमा संचालित कार्यक्रममा अनन्त कुमार श्रेष्ठ, टुकराज अर्याल, प्रकाश श्रेष्ठ, खेम काफ्ले लगायतको मन्तव्य रहेको थियो। क्यालेण्डर विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा माया केसीको स्वागत मन्तव्य रहेको थियो।

 

सचिव तथा प्रवक्ता मुक्ती सुबेदीले संचालन गरेको उक्त कार्यक्रममा चैतन्य कृष्णले क्यालेण्डरको विमोचन गर्नुभएको थियो भने क्यालेण्डरमा रहेका विषयलाई उपाध्यक्ष हरि लुइटेलले प्रस्तुत गर्नुभएको थियो। राजेश पाण्डेयको संयोजकत्वमा क्यालेण्डर निर्माण कमिटि गठन भै खगेन्द्र गैह्रे, बालकृष्ण मरासिनीले सहयोग गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*