छोटो फिल्म ‘शतरंज’ को रिलिज

आवाज खबर
३ बैशाख २०७८, शुक्रबार ०८:४९

मुक्ति सुबेदी, (बुटवल)- पछिल्लो समय नेपालमा वेब सिरिज र छोटो फिल्मको निर्माण र रिलिजको काम धमाधम अघि बढिरहेको छ। कोरोना भाइरसका कारण फिल्महलमा चलचित्र प्रदर्शन गर्न सम्भव नदेखिएपछि निर्माताहरु युटुब प्लेटफर्म लाइ प्रयोग गर्न लागेका छन्। यसै क्रममा नेपाली छोटो फिल्म ‘शतरन्ज’को रिलिज भएको छ ।

काठमाण्डौमा छायाङ्कन गरिएको यस फिल्मको मेकिङ तथा प्राविधिक पक्ष उत्कृष्ट रहेको छ । दिपजङ्ग शाही डिम्पल खरेल, अनुजा सिंह, युवराज प्रसाई लगाएतको अभिनय गरेको फिल्मको कथा तथा निर्देशन दिलिप समनको रहेको छ।

यस चलचित्रले पैसाको निम्ती युवा पुस्ताले जेसुकै गर्न पनि तयार रहने कुरा लाई देखाउन खोजेको छ । ३ जना आफ्नो अति मिलनसार साथीहरु पैसाको निम्ति एकले अर्कोलाई सिध्याउने खेल खेल्ने देखि बेइजती गर्ने र पैसाको ब्ल्याकमेलिङ गर्ने धन्दा चलाइरहेका हुन्छन।

डेनिल समनले निर्माण गरेको यस छोटो फिल्मलाई सन्जोग श्रेष्ठले खिचेका हुन्। रेड हर्स प्रोडक्सनको प्रस्तुति रहेको शतरंजलाइ ओएसआर डिजिटलको युटुबमा रिलिज गरिएको छ। यस चलचित्रलाई हाम्रो तर्फबाट पनि शुभकामना छ।

One thought on “छोटो फिल्म ‘शतरंज’ को रिलिज

  1. युबराज प्रसाइ says:

    धन्यबाद
    “”आवाज खबर””
    लगायत सम्पूर्ण शुभेछुक
    हरुमा,हामिलरुले हजुर
    हरुको माया र सपोर्टको
    निरन्तर अपेक्षा राख्ने छौ।
    नयाबर्सको शुभकामना

Leave a Reply to युबराज प्रसाइ Cancel reply

Your email address will not be published. Required fields are marked *


*