किशोर किशोरीका लागि जीवनोपयोगी सीप तथा नेतृत्व विकास तालिम सम्पन्न

नेपाल विकास केन्द्र रुपन्देहीको आयोजना र तिलोत्तमा नगरपालिकाको सहयोगमा ३ दिने किशोर किशोरीका लागि सीप तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ । नगरपालिकाका १७ वटा वडा बाट ३६ जना किशोरकिशोरीहरुको सहभागीतामा नयाँमिलमा तालिम प्रदान गरिएको हो । तालिम समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले
तिलोत्तमा नगरपालिकालाई निकट भविश्यमा नै किशोर मैत्री नगरपालिका बनाउने योजानमा रहेको भन्दै अव बन्ने संरचनाहरुलाई किशोर किशोरी मैत्री बनाउदै लैजाने बताए ।
उनले किशोरकिशोरी भविष्यका कर्णधार रहेको भन्दै उनीहरुको भविश्य कता लैजाने भन्ने विषयमा अभिभावकहरुको भुमिका महत्वपूर्ण हुने समेत बताए । ३ दिन सम्म सञ्चालित तालिममा पोखराबाट आएका प्रशिक्षक छवि गौंडेल, सुरेश सापकोटा, माधव सापकोटा, रामचन्द्र श्रेष्ठ, शंकर पन्थी, कृष्ण प्रसाद घिमिरे, रिना श्रेष्ठ, ऋतु खनाल, रेखा ज्ञवाली, सविता घिमिरे, लता खड्का लागयतले प्रशिक्षण प्रदान गरेका थिए ।
किशोरकिशोरीहरुले जीवनोपयोगी नेतृत्व कसरी लिने, अधिकार र कर्तव्य के कस्ता हुने, किशेरकिशोरीहरुको मनोविज्ञान, यौन स्वाथ्य लगायतको विषयमा तालिम प्रदान गरिएको थियो । सहभागीको तर्फबाट प्रतिनिधि लक्ष्मी गुप्ता र दिपक खाम्चाले तालिममा सिकेका कुराहरु आफ्नो टोल,समाज, स्कुलमा गएर अन्य साथीहरू लाई सिकाउने बताए ।
तालिम समापन कार्यक्रममा नेपाल विकास केन्द्रका अध्यक्ष माधव सापकोटाको अध्यक्षता तथा सचिव कृष्ण गाउँलेको सञ्चालनमा भएको थियो ।