‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’ नेता खांण

आवाज खबर
१३ चैत्र २०७७, शुक्रबार १८:२३

बुटवल । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाणले देश राजनीतिकरुपमा अनिर्णयको बन्दी बनेका बेला कांग्रेस पार्टी मौन बस्न नहुने बताएका छन् । राज्य टेलिभिजनले बुटवलमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै नेता खाणले लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न नहुने बताए । उनले देशलाई निकास दिन कांग्रेसले ठोस निर्णय गर्नुपर्ने बताउँदै कांग्रेस जनताको भावना बिपरित नजाने बताए ।
‘खाणले असंबैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीलाई एक मिनेट पनि सत्तामा रहने नैतिक अधिकार नभएको बताउँदै संविधान माथि नै प्रहार गर्ने पक्षसँग सहकार्य हुन नसक्ने समेत बताए । ‘संविधान नमान्नेलाई प्रधानमन्त्री बन्ने हक छैन् ।’

उनले जनताको अधिकार र संविधान रक्षा सरकारको पहिलो दायित्वबाट सरकार चुकेको बताए । राणा तथा प्राचीन कालका शासकले पनि जनताको जीवन रक्षाका लागि जिम्मेवार हुने गरेको तर लोकतान्त्रिक प्रणालीमा पनि वर्तमान सरकार जनता र संविधानप्रती उत्तरदायी नरहेको आरोप लगाए । राजनीतिक गतिरोध अन्त्यका लागि संविधान र लोकतन्त्रको रक्षा गर्ने दलसँग सहकार्य गर्ने खाणको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*