‘ओलीसंग सति गईदैन,लगनगांठो कसिंदैन’ उपेन्द्र यादव

आवाज खबर
१३ चैत्र २०७७, शुक्रबार १८:१४

नेपाल समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ओलीसंग कुनैहालतमा सत्ता साझेदारी नहुने प्रष्ट पारेका छन् ।

संविधान बिरोधी,लोकतन्त्र र संघीयता बिरोधी,प्रतिगामी कदमसंग सत्ता साझेदारी,सतिजाने वा लगनगाठो नकसिने दाबि गरे । प्रेस मञ्च नेपालले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वउपप्रधानमन्त्री समेत रहेका यादबले अहिलेको सरकार पूर्ण रुपमा असफल भैसकेको बताए ।

अहिलेको ओली नेतृत्वको सरकार बिस्थापित गरेर प्रतिगमनको बिरुद्ध र लोकतन्त्रको पक्षमा रहेका दलहरु मिलेर नया सरकार गठन गरि निर्बाचनमा जानुपर्ने उनको भनाइ छ ।

संघीय लोकतान्त्रीक गणतन्त्र बलियो बनाउनका लागि अब नया सरकार बनाउनुपर्ने उनको भनाइ छ । कांग्रेस नताते सम्म अहिलेको समस्या समस्या समाधान हुन ढिलाइ भएको बताए ।

जसपाका नेताहरु चौबिसै घण्टा बालुवाटारमा देखिने गरेकोबारे सोधिएको प्रश्नबारे उनले रेशम चौधरीको मुद्धा र राजबन्दी रिहाइको लागि मात्रै भएको र सत्तामा जानका लागि नभएको उनको दाबि छ ।

उनले आफ्नो पार्टी नफुट्ने र कुनैपनि बहानामा केपि ओली र ओली प्रबृत्तिसंग साठंगाठं नहुने बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*