लुम्बिनीमा नेकपा माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा घर्ती र सचेतकमा गहतराज नियुक्त

आवाज खबर
१२ चैत्र २०७७, बिहीबार १९:०३

बुटवल, चैत १२ ।
नेपाल कम्यूनिष्ट पार्टी माओबादी केन्द्र लुम्विनी प्रदेशसभा संसदीय दलको बैठकले बिभिन्न निर्णय गरेको छ । संसदीय दलका नेता कुल प्रसाद के।सी को अध्यक्षतामा बसेको बैठकले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको प्रमुख सचेतकमा तुलाराम घर्ती मगर र सचेतकमा पार्वती पुन गहतराजलाई नियुक्त गरेको छ ।
त्यस्तै दलका सदस्य दधिराम न्यौपाने र दिनेश पन्थीले दल त्याग गरी अर्को दलको सदस्यता लिएकोले २४ घण्टे स्पष्टिकरण पत्र पठाएको छ ।
त्यस्तैगरि प्रदेशको नामाकरण र स्थायी राजधानी निर्धारण भैसकेको स्थितिमा दलको विधान संशोधन गरी पारित गरीएको नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले आवाज खवर अनलाइनलाइ जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*