दलित भन्ने कुरा ईतिहास भैसक्योः मन्त्री

बुटवलल, चैत ।
राष्ट्रिय दलित पत्रकार महासंघ नेपालको बुटवलमा पहिलो राष्ट्रिय भेला तथा महाधिवेसन सम्पन्न भएको छ । भेलाको अवसरमा मानवअधिकार तथा शान्ती समाज नेपाल केन्द्रीय समितिले बुटवलमा समता भोजको आयोजना गरेको छ । समता भोज कार्यक्रमलाई संवोधन गर्दै प्रदेशको उद्योग पर्यटन वन तथा वातावारण मन्त्री लिला प्रसाद गीरीले जातीय भेदभाव, छुवाछुत सामाजिक कुरीती भएको भन्दै यसको अन्त्य आवश्यक रहेको बताए ।उनले २१ औं शताब्दीमा छुवाछुतका कुराहरु एक देशका कथा जस्तै भएको भन्दै सबैको साझा प्रयासबाट मात्रै जातिय छुवाछुट, भेदभावको अन्त्य हुने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य डा। कृष्ण न्यौपानेले बोल्दै संविधान तह नेपाल छुवाछुत मुक्त देश भएको भन्दै विभेद अन्त्यका लागि सबैको साझा पहल आवश्यक रहेको बताए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ती समाजका केन्द्रीय अध्यक्ष गोविन्द प्रसाद खनाल, केन्द्रीय सचिव मिना कुमारी ढकाल, काग्रेस नेता हरि बहादुर आचार्य, माओवादी केन्द्रका राम प्रसाद बन्जाडे, सान्ती समाज रुपन्देहीका अध्यक्ष धनपती खनाल, लालहरी पाण्डे लगायतले आ आफ्नो भनाइ राखेका थिए ।