बुटवल आएका प्रचण्डले भने रंगिन सडक आन्दोलनको आवश्यकता छ,

आवाज खबर
२८ फाल्गुन २०७७, शुक्रबार १६:०६

नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको हत्या गरेर देशमा अनिष्ट ल्याउन खोजिएको बताउँनुभएको छ । बुटवलमा राष्ट्रिय दलित पत्रकार संघ नेपालले आयोजना गरेको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उँहाले देशमा अनौठा परिघटना देखा पर्न थाल्दा देश अनिष्ट तर्फ जान सक्ने संकत गर्नुभएको हो ।
सर्वाेच्च अदालतले नेकपा एमाले र माओबादी केन्द्रलाई ब्युताएको तर्फ प्रचण्डले संकेत गर्दै जन्मिसकेको बच्चालाई फेरि आमाको गर्वमा लगिदिने जस्तो अनौंठो र अस्वभाविक घटना देख्नु परेको बताउँनुभयो । देशको राजनीतिक अवस्था संविधानको रक्षा गर्ने र हत्या गर्ने बहसमा रहेको प्रचण्डले बताउँदै शान्तीपूर्ण आन्दोलनको आधि बेहेरी ल्याएर भएपनि संविधानको रक्षा गर्ने बताउँनुभयो ।

दलित, मधेशी , मुस्लिम ,महिला तथा पिछडिएका वर्गको उत्थानको लागि संविधान रक्षाको आवश्यकता रहेको बताउँनुभयो । सडकबाट रङ्गिन शान्तिपूर्ण आन्दोलनको अहिले आवश्यकता रेहको र शान्तीपूर्ण क्रान्ती आफुले सम्पन्न गर्ने प्रचण्डले बताउँनुभयो । देशको आमुल राजनीतिक परिर्वतनमा योगदान दिएका नेताहरु माथि प्रहार सुरु भएको प्रचण्डले बताउँनुभयो । आफु माथि अहिले घेराबन्दी गरेको गहिरो महशुस भएको उँहाले बताउँदै परिवर्तनकारी नेताहरुलाई बदनाम गराउने गणतन्त्र विरोधीले सुरु गरेको आरोप लगाउँनुभयो ।
यस्तै नेपाली कांग्रेस संसदीय दलका नेता बालकृष्ण खाँणले देशको राजनीतिक परिवर्तन गरि शान्तिपूर्णबाटोमा ल्याउँनको लागि गिरिजा प्रसाद कोईराला र पुष्पकमल दाहालको मुख्य भूमिका रहेको बताउँनु भएको छ ।
जोखिम मोलेर ऐतिहासिक भूमिका निर्वाह गर्ने नेताहरु माथि चलखेल गरेर प्रहार सुरु हुन थालेको बताउँनुभयो । देशको राजनीतिक धार संविधानको रक्षा गर्ने की हत्या गर्ने भन्ने तर्फ मोडिएको उँहाले बताउँदै संविधानको रक्षा गर्नको लागि नेपाली कांग्रेसले नै नेतृत्व गर्ने बताउँनुभयो ।

सम्मेलन चैत्र १ गतेसम्म चल्ने छ । सम्मेलनमा देशभरका ४ सय दलित समुदायका पत्रकारहरुको उपस्थिती रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*