शिबरात्रीको पुर्व संध्यामा नगेश्वर दर्शन धाम द्धारा दाता सम्मान तथा धार्मिक सभा

आवाज खबर
२६ फाल्गुन २०७७, बुधबार १७:५५

नागेश्वर दर्शन धाम विकास समिति शुद्धोधन ६ गुरौलीको आयोजनामा नागेश्वर मन्दिरको स्तरउन्ननतीका लागि दाता सम्मान तथा धार्मिक सभा सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेश साँसद तुलसी प्रसाद चौधरी ज्युको प्रमुख आतीथ्यतामा सम्पन्न कार्यक्रममा ७० बर्ष माथीका ३९ जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा मन्दिर स्थापनाका लागि भुमिदान गर्नुहुने श्रीराम लोध, रामलाल लोध,सुख्खु लोध,पिताम्बर लोधलाई सम्मान गरिएको थियो भने कार्यक्रममा मन्दिर निर्माणका क्रममा आर्थीक सहयोग गर्नुहुने दाताहरुलाई समेत सम्मान गरीएको थियो ।
कार्यक्रममा नागेश्वर दर्शन धामलाई धार्मिक प्रयटनको रुपमा विकास गर्ने योजना अनुरुपको आसय सहितको मागपत्र प्रदेश साँसद तुलसी प्रसाद चौधरी , शुद्धोधन ५ अध्यक्ष पुण्यराम गौतम, शुद्धोधन ६ अध्यक्ष जय शंकर पाठक लाई हस्तान्तरण समेत गरिएको जानकारी कार्यक्रम संयोजक केशबराज कडेलले बताउनुभयो।

कार्यक्रममा बोल्दै प्रमुख अतीथी चौधरीले संस्थाले माग गरेका कुरा धेरै राम्रो रहेको तर दानब करीडोरको काम अगाडि बढीसकेको हुनाले मन्दिरको बिकल्प खोजी गरि योजना अनुरुपको काममा अगाडि बढ्नुपर्ने र मन्दिरका लागि जग्गाको जोहो गरेर अगाडि बढ्नुपर्ने बताएका थिए।
कार्यक्रममा शुद्धोधन ६ का अध्यक्ष जयशंकर पाठकले नियमसंगत रुपमा माग पेश गरेकोमा हार्दिक आभार सहित योजना पूरा गर्न यथासक्य प्रयास गर्ने जानकारी दिएका थीए।
उक्त कार्यक्रममा शुद्धोधन ५ का वार्ड अध्यक्ष पुण्यराम गौतमले योजना अनुरुपको काम पुरागर्न बार्डको साथ रहने प्रतीबद्धता व्यक्त गरेका थीए।
नागेश्वर दर्शन धाम र नागेश्वर टोल बिकास संस्थाका अध्यक्ष बौद्धलाल शर्माको अध्यक्षता , पण्डित टिकाराम कडेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन रेडियो शुद्धोधनका सञ्चारकर्मि महेन्द्र गौतमले गरेका थीए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*