श्रवण दृष्टिविहिन परियोजानको विषयमा अभिमुखिकरण

आवाज खबर
२६ फाल्गुन २०७७, बुधबार १७:३८

बुटवल,
नेपाल नेत्रहिन संघ रुपन्देहीको आयोजानमा जिल्लामा सञ्चालन भएको ‘श्रवण दृष्टिविहिनता अपाङ्गता भएका व्याक्तिहरुका लागि स्वाथ्य जिवन परियोजना’को विषयमा अभिमुखिकरण प्रदान गरिएको छ । सरोकारवाला निकाय, अपाङ्गता सम्बन्धी काम गर्ने संघ संस्था र सञ्चारकर्मीहरुको विचमा अभिभुखिकरण कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै जिल्ला संमन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अपाङ्गता भएका व्याक्तिहरुको लागि तिनै तहका सरकारले भुमिका खेल्नुपर्नेमा जोड दिए । उनले यसको लागि आफुले निरन्तर रुपमा सहयोग गर्ने समेत प्रतिवद्धता जनाए । कार्यक्रममा जिल्ला शिक्षा संमन्वय एकाई कार्यालय भैरहवाका प्रमुख दिपेन्द्र ढकाललले समावेशी शिक्षाको अवधारणा अनुसार शिशेष शिक्षाका कार्यक्रममा जिल्ला शिक्षा संम्वय एकाई कार्यालयले सहयोग गर्दे आएको जानकारी दिए ।
कार्यक्रममा नेपाल नेत्रहिन संघका केन्द्रीय सचिव कलाधर भण्डारी, नेपाल नेत्रहिन संघ रुपन्देही श्रवण दृष्टिविहिन परियोजान संयोजक प्रेम आचार्य लगायतले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा रुपन्देही नेत्रहिन संघका अध्यक्ष कृष्ण बहादुर जिसी, जिल्ला स्वाथ्य कार्यालय भैरहवाका प्रमुख डा. रोजेन्द्र गिरी, परियोजना सहजकर्ता टिकाराम पौडेलले लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*