मिस डायमण्ड नेपाल २०२१ को उपाधि सरोज न्यौपानेलाई,

आवाज खबर
१६ फाल्गुन २०७७, आईतवार १९:३६

शनिबार रुपन्देहीको तिलोत्तमा मणिग्राममा सम्पन्न फाइनलमा गुल्मीलाई प्रतिनिधित्व गरेकी उनले मिस डायमण्ड नेपाल(२०२१ को ताज पहिरिइन् ।
उपाधिसँगै उनले नगद रु २० हजार लगायत विभिन्न मायाको चिनोहरु प्राप्त गरेकी छन् । त्यसैगरी सायरा गुरुङ मिस एम्बेसडर बन्न सफल भएकी छन् । उनले उपाधिसँगै नगद रु १५ हजार र मायाको चिनो प्राप्त गरेकी छन् । जिज्ञासा चौधरी मिस रेन्बो बन्न सफल भएकी छन् ।

त्यस्तै रिजन मगर मिस क्रिष्टल र सायरा गुरुङ मिस एम्बेसडर बन्न सफल भएकी छन् । उनीहरुले उपाधिसँगै क्रमशः नगद रु १०(१० हजार र मायाको चिनो प्राप्त गरेका छन् । प्रतियोगितामा मुस्कान क्षेत्री अर्गानाइजर च्वाइस , मिस देवा बन्न सफल भएकी छन् । बिजेताहरुलाइ अतिथि,जज लगायतले ताज र पुरस्कार प्रदान गरे ।

‘सिंगल बट स्ट्रङ्ग’ अर्थात् एकल तर, सशक्त भन्ने मूल नारासहति साहसी कदम नेपालको आयोजना,तिलोत्तमा नगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगितामा विभिन्न चरणमा उत्कृष्ट प्रस्तुती र सोधिएका प्रश्नको उत्कृष्ट जवाफ दिई न्यौपाने विजेता बन्न सफल भएकी हुन् ।

प्रतियोगितामा रुपन्देही,नवलपरासी,कपिलबस्तु ,चितवन,तनहुँ,दाङ्ग, झापा लगाएतका जिल्लाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरुको सहभागिता रहेको प्रतियोगिताकी संयोजक अनु अनमोलले बताइन् ।

प्रतियोगिताको फिनालेमा निर्णायकको भूमिकामा ब्लू डायमण्ड सोसाइटीकी सभापति पिंकी गुरुङ,डा। शक्ति बस्नेत, मधुप्रकाश ज्ञवाली,पत्रकारद्वय निरु गौतम र कपिल ज्ञवाली, हेमा न्यौपाने र रिंकु वाग्लेले रहेका थिए ।

प्रतियोगितामा साहसी कदम नेपालका सचिव तथा पूर्व मिस डायमण्ड नेपाल रेशम न्यौपाने ९ रेष्मा डार्लिङले ० बताए । प्रतियोगितामा रेखा थापाले सिनियर इभेण्ट अर्गनाइजर र मदन नेपालीले डान्स कोरियोग्राफरको भूमिका निर्वाह गरेका थिए ।

ग्राण्ड फिनाले साहसी कदम, नेपालकी अध्यक्ष आनिक राना , तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता र सञ्चारकर्मी सुमन श्रेष्ठको सञ्चालनमा भएको थियो । फिनालेमा नगर उपप्रमुख जागेश्वरी चौधरी , वातावरण तथा सरसफाई समितिका सदस्य नेत्रलाल बन, वार्ड नं।५ की जनप्रतिनिधि अरुणा राना ,सामाजिक विकास मन्त्रालय सामाजिक विकास शाखाकी शारदा बस्याल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*