रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थान गर्नुपर्नेमा जोड,सांसद श्रेष्ठ

आवाज खबर
१६ फाल्गुन २०७७, आईतवार १९:२५

होटल तथा पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन पर्यटन व्यवसायीले राज्यसंग माग गरेका छन् । अन्य क्षेत्रका उद्योगहरुलाई जस्तै होटल तथा पर्यटन क्षेत्रलाई पनि उद्योगको रुपमा मान्याता दिनुपर्ने व्यवसायीको माग छ । पर्यटन व्यवसायीका माग सम्बोधन गर्ने विषयमा राज्यले कूनै चासो नदिएको पर्यटन व्यवसायीको गुनासो छ । होटल तथा रेष्टुरेण्ट व्यवसाय संघ रुपन्देहीको आइतबार बुटवलमा २० औं साधारण सभा तथा १० औं अधिवेशनमा बोल्ने वक्ताले पर्यटन व्यवसायप्रति तीनै तहका सरकार गम्भीर नदेखिएको आरोप लगाए । पर्यटन व्यवसायको संरक्षण र सम्बद्र्वनका लागि तीनै तहका सरकारे स्पष्ट पर्यतन नीति बनाउन व्यवसायीको माग छ । आर्थिक सम्वृद्विको मेरुदण्डको रुपमा रहेको पर्यटन व्यवसाय कोराना भाइरसका कारण थला परेको र व्यवसायीले बैंक तथा वित्तिय संस्थाहरुको व्याज र घरभाडा तिर्न नसक्दा कैयौ व्यवसायी विस्थापित हुनुपरेको बताए । पर्यटन व्यवसायीले सरकारले दिएको पुनरकर्जा र डिमाण्ड चार्जको सेवाबाट बन्चित हुंदा पनि आधिकारिक निकायमहरु मौन रहेको बताए । सोही कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका सांसद भोजप्रसाद श्रेष्ठले सरकार विकास र न्यायको पक्षमा रहेको बताउनुभयो । पर्यटनदेखि हरेक क्षेत्रको विकास र विस्तारमा राज्य र जनता जागरुक हुनुपर्ने ताउनुभयो । पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्याता दिने विषयमा पहल गर्ने प्रतिवद्वता जनाउदै कृषि, पर्यटन र उद्योगको विकास अपरिहार्य रहेको छ भन्नुभयो । सांसद श्रेष्ठले रुपन्देहीका हरेक संघसंस्थाहरु अब्बल रहेको उल्लेख गर्दै रुपन्देहीको पर्यटन क्षेत्रको उचित व्यवस्थान गर्नुपर्नेमा जोड दिनुभयो । होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहाले होटल तथा पर्यटन व्यवसाय फस्टाएमा देश आर्थिक रुपले सम्वृद्वि बन्ने बताउनुभयो ।
अध्यक्ष शाहाले पर्यटन व्यवसायलाई उद्योगको रुपमा मान्यता दिन र त्यही अनुसारको सेवा सुविधान उपलब्ध गराउन माग गर्नुभयो । पर्यटन व्यवसायमा वार्षिक २ खर्व ८४ अर्व लगानी भएको र ३ खर्व ६७ अर्वको वार्षिक कोरावार हुने गरेको जानकारी गराउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*