नो जंकफुड भन्दै बिद्यार्थी सडकमा,

बुटवल, १० फागुन ।
सिद्धार्थ ईंलीस बोर्डिङ सेकेण्डरी स्कुलका बिद्यार्थीहरु नो जंकफुड भन्दै सडकमा प्रदर्शन गरेका छन् । ब्रिटिस काउन्सीलले सञ्चालन गरेको आईएसए(ईन्टर नेसनल स्कुल अवार्ड) अन्तरगतका प्रोजेक्ट अनुसारका ७ मध्य पहिलो कार्यक्रम अन्तरगत कार्यक्रम गरिएको स्कुलका आईएसए कोर्डिनेटर रजनिस चन्द्र गुप्तालले जानकारी दिए ।
बिदालयबाट निस्केको काक्षा ९ का बिद्यार्थीहरुको ¥याली शान्ती चोकमा आएर पुनः कलेज फर्किएको थियो।शान्तीचोकमा जम्मा भएका बिद्यार्थीहरुले
स्वस्थ खाउ स्वस्थ रहौ , पिज्जा होइन रोटि खाऔ , जंकफुड त्यागौ घर बनेका खाउँ, नो जंक फुड लगायतका नारा लगाएका थिए भने बिभिन्न किसिमका जंकफुड प्रयोग गनर्ने सन्देश सहितका प्ले कार्डहरु प्रदर्शन समेत गरेका थिए ।आईएसए अन्तरगत बिभिन्न कायक्रमहरु सञ्चालन हुने बिद्यालयका प्रीन्सिपल यमबहादुर रानाले जानकारी दिए ।
पोजेक्टमा शिक्षकहरु मेघराज भट्टराई, मन्जु गुरुङ, पुनम राना, चन्द्रकला पौडेल, त्रीपेस प्रधान लगायतको सहयोग रहेको प्रोजेक्ट हेड विशाल श्रेष्ठले जानकारी दिए । उनले कक्षा ९ का बिद्यार्थी १२५ जनाले यो प्रोजेक्ट गर्दैगरेको जानकारी गराए ।