स्कुल बसको ठक्कर बाट रुपन्देहीमा एकको मृत्यु

आवाज खबर
६ फाल्गुन २०७७, बिहीबार ११:३८

रुपन्देही- रुपन्देहीको तिलोत्तमा ११ कुमारीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । आज विहान साढे ५ वजे शान्ती नमुना माध्यमिक बिद्यालयकोे बसको ठक्करबाट मर्णिङ वाकमा निस्किएका  तिलोत्तमा नगरपालिका ११ बस्ने ३४ बर्षकि सुमन खौसिया र सोहि ठाउंकि आरती थापालाई ठक्कर दिएको हो ।
लु १ क ८२४ नंका बसको ठक्करबाट सुमन खौसियाको मृत्यु भएको र सोहि ठाउंकि आरती थापा घाइते भएको प्रहरीले जनाएको छ । उहांको क्रीमशन अस्पताल मणिग्राममा उपचार भईरहेको छ ।

घाईतेको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ । विपरित दिशाबाट गएको ट्रकले झुक्याएका कारण बस दुर्घटना भएको भनिए पनि अनुसन्धान भैहेको प्रहरीले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*