निर्वाचन आयोगको गतिविधि संकास्पद, आयोगले अदालतको निर्णय कुर्नु नपर्ने- देउवा

आवाज खबर
३ फाल्गुन २०७७, सोमबार १८:२८

रुपन्देही- नेपाली कांग्रेस चुनावमा जान तयार भएको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर बैशाखमा १७ र २७ गते चुनावको घोषणा गरेपछि कांग्रेस चुनावमा जान तयार भएको जनाएको छ ।

नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया नथालेको प्रति आपत्ती जनाउँनु भएको छ । सरकारले निर्वाचनको मिति घोषणा गरेको भएपनि निर्वाचन आयोगले अझैंसम्म निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेको भन्दै आक्रशो ब्यक्त गर्नुभयोा ।

नेपाली कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको विरोध सभामा बोल्दै देउवाले आयोगले निर्वाचन आयोग माथि शंका गर्नुपर्ने अवस्था आएको उल्लेख गर्नुभयो । प्रतिनिधिसभा विघटनका बारेमा सर्वोच्च अदालतमा मुद्धा बिचाराधिन अवस्थामा रहेको बेला कांग्रेस सभापति देउवाले निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नु पर्ने बताउँनु भएको हो ।

निर्वाचन आयोगले किन चुनाव गर्छु भनेर अझैंसम्म तालिका सार्वजनिक नगरेका देउवाले बताउँदै आयोग माथि शंका गर्नुपर्ने अवस्था सिर्जना भएको बताउँनुभयो । देउवाले चुनाव गराउने हो भने प्रष्ट भन्न आयोगलाई आग्रह गर्नुभयो ।

सभापति देउवाले ओली र प्रचण्डको झगडामा कांग्रेसको कुनै हात नभएपनि नेता कार्याकर्ताहरु दुइ तिर विभाजन भएको उल्लेख गर्दै नेकपाको झगडामा आफ्नो पार्टीको कुनै हात नरहेको उल्लेख गर्नुभयो ।

देउवाले अदालतले चुनावमा जानुपर्छ भन्यो भने तयार हुनुपर्ने बताउँदै अदालतलाई विश्वास गर्न आग्रह गर्नुभयो । प्रतिनिधिसभा विघटनको मुद्धा अदालतमा बिचाराधिन भएको अवस्थामा सडकबाट दबाव सिर्जना गर्नु गलत भएको उँहाले बताउँदै अदालतबाट हुने निर्णय आफुहरुलाई मान्य हुने देउवाले बताउँनुभयो ।

यस्तै नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणले प्रधानमन्त्री केपी शर्मा ओलीको रुने दिन आएको दाबी गर्नुभएको छ । विरोधसभामा बोल्दै उँहाले प्रधानमन्त्री ओलीले गरेको संसद विघटन असंवैधानिक र सर्वसत्तावादको यात्रा भएको भनाइ छ । यद्यपि सर्वोच्च अदालतले संविधानको रक्षाको पक्षमा फैसला गर्छ भन्नेमा आफू विश्वस्त रहेको खाँणले बताउँनुभयो ।

यस्तै विघटित प्रतिनिधिसभा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले केपि शर्मा ओलीको सरकारले भ्रष्ट्राचार बाहेक केही गर्न नसकेको आरोप लगाउँनुभयो । सभा सुरु हुनु अघि बुद्धचोकबाट सुरु भएको ¥याली नारायणस्थान, विद्रोहीचोक, मिलनचोक, गल्लामण्डी हुँदै रामजानकी हुनुमान मन्दिरमा पुगेर सभामा परिणत भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*