सिर्जनालाई ‘प्यारी अर्धाङ्गिनी’ बन्ने रहर

काठमाडौँ । गायिका सिर्जना खत्रीलाई कसैको प्यारी अर्धाङ्गिनी अथवा श्रीमती बन्ने रहर जागेको छ। हालसम्म अविवाहित रहेका कारणले अर्धाङ्गिनी बन्न चाहेको भने होइन तर उनले आफ्नो नयाँ गीत ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ लाइ बजारमा ल्याएपछि चाहि बिहेको रहर जागेको हुन सक्छ।
विगतका गीत भन्दा अलि फरक गीत बजारमा ल्याएकी सिर्जनाको यस गीतमा शब्द र स्वर रहेको छ भने कालीप्रसाद बाँस्कोटाले सङ्गीत भरेका छन्। आफैले गाएको गीतमा गायिका खत्री र केवलजङ्ग कुँवरले अभिनय गरेका छन् ।
पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी थिइन भने यो गीत केहि विवादित पनि भएको थियो। उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइन् ।
“विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भनिन् । माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताइन् । गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
निशान काश्यपले निर्देशन र सम्पादन गरेको यस गीतलाइ उत्सव दाहालले खिचेका छन्। पहिलो पटक भिडियोमा आफै मुख्य भूमिकामा देखिएकी सिर्जनाले युटुबमा सकारात्मक प्रितिक्रिया पाइरहेकि छिन।
सिर्जनाका डबलमाया, एक्सको छम्मा, नौटंकीमाया, लाहुरेमाया लगाएतका गीतहरु चर्चामा छन् भने करिब २ दर्जन गीत गाइसकेकी छिन। ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ गीत पछि आगामी दिनमा अझै राम्रा सिर्जना पस्कन हौसला मिलेको गायिका बताउछिन।
गीतलाई आवाज खबर टिमको तर्फबाट हार्दिक शुभकामना, सफलताको मिलोस।
भिडियो हेर्नुहोस…