कोरोना नियन्त्रणमा नआएपछि जापानमा आपतकाल एक महिना थपिने

आवाज खबर
२० माघ २०७७, मंगलवार ०९:३८

जापान- जापान सरकारले विभिन्न स्थानमा लगाएको आपतकालको समय लम्ब्याएको छ। जापानमा कोरोना संक्रमण बढ्दै गएपछि अति प्रभावित ११ ओटा प्रान्तहरुमा आपतकाल घोषणाको समय थप गरिएको हो। जापानी प्रधानमन्त्रि योसिहिदे सुगाले विज्ञ समुहको सुझावलाई आत्मसाथ गर्दै आपतकालको समय थप गर्ने भएका हुन्।

पहिलो चरणमा अत्याधिक जन घनत्व रहेका टोकियो, चिबा, साइतामा र खानागावा प्रान्तमा मात्रै घोषणा गरिएको आपतकाल लगतै अन्य ७ ओटा प्रान्तहरुमा पनि थप गरिएको थियो । जनवरी पहिलो सातादेखि टोकियो, चिबा, साईतामा,खानागावा, ओसाका,क्योतो,ह्योगो,गिफु, तोचिगी,आईची,र फुकुओका प्रान्तमा आपतकालिन अवस्था कायम रहेको छ ।

सरकारको योजना अनुसार आपतकाल केवल एक महिना आउदो ७ तारिक सम्मका लागि मात्र थियो तर एक महिना पुग्नै लाग्दा पनि संक्रमण नियन्त्रणको पाटोमा विज्ञहरुले तय गरेका विविध मापनहरु पूरा नहुँदा आपतकाल थप एक महिना लम्बिने भएको हो ।

हाल आपतकालिन अवस्था कायम ११ ओटा प्रान्तहरु मध्ये, तोचिगी प्रान्त भने, तोकिएको समयमै आपतकाल मुक्त हुने भएको छ । अन्य बाँकी १० ओटा प्रान्तहरुमा थप एक महिना आपतकाल लम्बिने भएको हो । विभिन्न सरोकारवाला निकाय तथा विज्ञहरुसंगको निरन्तर छलफल र परामर्शमा रहेको सरकारले यसबारे आज औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको छ ।

हालसम्म जापानमा ३ लाख ९२ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । संक्रमित मध्ये- ३ लाख ३४ हजार ७ सय ८४ जनाले स्वास्थ्य लाभ लिएका छन् भने ५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*