ब्यबसायलाई संरक्षण गर्नुको सट्टा राज्यले दण्डित गरेको गुनासो

बुटवल १९ माघ। समाजमा राज्यको नितिनियम कार्यान्वयन गराउन र सामाजिक सद्भाव कायम गर्न समेत सघाउने उद्देश्यले संचालन गरिएका मिष्ठान्न, क्याटेरिङ्ख र पार्टी प्यालेस ब्यवसायलाई संरक्षण गर्ने राज्यको दायित्व हुनुपर्ने कुरामा उनिहरुले जोड दिएका छन्।
रुपन्देही मिष्ठान्न, क्याटेरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघको १६ औं बार्षिक साधारण सभा तथा छैठौं अधिबेशनमा बोल्ने बक्ताहरुले राज्यले ठुला होटेल ब्यबसायीको प्रभावमा परेर साना ब्यबसायमाथि बिभेदकारी निति अवलम्बन गरेको आरोप समेत उनिहरुले लगाएका छन्।
निजि क्षेत्रप्रति हेर्ने राज्य संचालकको दृष्टिकोण परिवर्तन हुन नसक्दा ब्यबसायीहरु धरासायी हुने अवस्थामा पुगेको उल्लेख गर्दै उनिहरुले कोभिडका कारण थला परेको पर्यटन उद्योग ब्यबसाय क्षेत्रलाई राज्यले राहातको कार्यक्रम नल्याएकोमा चिन्ता ब्यक्त गरेका छन्।
कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले कोभिडका कारण अर्थतन्त्रमा प्रत्यक्ष असर परेको भन्दै निजि क्षेत्रका उद्योग ब्यबसायलाई राहात प्रदान गर्न कार्यक्रम ल्याउनु पर्नेमा जोड दिएका छन्।
ब्यबसायीहरुको समस्या संबोधन गर्न संघिय सरकार, प्रदेश सरकार र स्थानिय तहले साझा तदारुकता देखाउनु पर्ने आवश्यक्ता औंल्याउदै उपयुक्त राहात प्याकेज ल्याउन संघिय सरकारसँग प्रदेश सरकारले निरन्तर आग्रह गरिरहेको मन्त्री गिरीले जानकारी गराएका छन्।
क्याटेरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी महासंघका अध्यक्ष लिलाबहादुर जिसीले राज्यले उपेक्षा गरेकै कारण राष्ट्रिय अर्थतन्त्रमा दिर्घकालिन असर पर्नेतर्फ राज्यपक्षलाई ध्यानाकर्षण गराउदै आफुहरु राज्यलाई हरतरहले सहयोग गर्न तत्पर रहेको बताए। नेपाली काँग्रेसका नेता खेलराज पाण्डेले बर्तमान सरकारले निजि क्षेत्रका उद्योगी ब्यबसायीलाई हेर्न दृष्टिकोण सकारात्मक नरहेको टिप्पणी गर्दै तत्काल राहात प्याकेज ल्याउन माग गरेका छन्
रुपन्देही मिष्ठान्न, क्याटेरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायी संघका अध्यक्ष लक्ष्मण पोखरेलको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा महासंघका उपाध्यक्ष कृष्ण पाण्डे, उद्योग बाणिज्य संघ बुटवलका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोरा, रुपन्देही ब्यापार संघका अध्यक्ष यमलाल लोहनी, बुटवल नगरपालीकाका पुर्व प्रमुख पुनाराम पोखरेल, होटेल तथा रेष्टुरेन्ट ब्यबसायी संघका अध्यक्ष समुन्द्र जिसी, संघका सचिव कृष्ण सापकोटा लगाएतले बोल्दै मिष्ठान्न, क्याटेरिङ्ग तथा पार्टी प्यालेस ब्यबसायीका समस्या र समाधानका उपायहरु बारे चर्चा गरेका थिए।