निर्वाचनको घोषणा ओलीको सट्टा टिकाउने खेल हो- मिनेन्द्र रिजाल

आवाज खबर
१८ माघ २०७७, आईतवार १४:५५

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री मिनेन्द्र रिजालले सत्ता टिकाउनकै लागि निर्वाचन घोषण गरेको दावी गरेका छन्। बुटवलमा आइतबार आयोजित एक कार्यक्रममान बोल्दै नेता रिजालले सरकारले चुनाव गराउन नभई सत्ता लम्बाउनका लागि मिति घोषणा गरेको बताएका हुन्।

‘यो सरकार निर्वाचनका लागि मिति घोषणा गरेको होइन्। प्रतिनिधिसभा नरहे पछि सत्ता लम्बिन्छ भन्ने सोचले चुनावी घोषणाको बहाना मात्रै हो,’ उनले भने। ‘नरहे बासँ नबजे बासुरी’ को संज्ञा दिँदै ओली सरकारले चुनाव गराउँनै नसक्ने ठोकुवा गरे।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए। नेता रिजालले संविधानको मर्म अनुरूपको व्याख्या गर्ने विश्वास व्यक्त गरे। विगतको प्रतिकुल अवस्थामा पनि अदालतले सहि निर्णय लिएको स्मरण गर्दै उनले अहिलेको अवस्थामा पनि सोही बमोजिम आदालतको गरिमा कायम गर्ने आशा व्यक्त गरे।

‘पञ्चायतकाल होस् या राजा ज्ञानेन्द्रको पालामा होस अदालतले सही निर्णय गरेको छ। राजनीतिक दलको भन्दा अदालतको इतिहास राम्रो छ। तसर्थ पुनर्स्थापना हुन्छ,’ उनले भने।

उनले अब ओलीको ज्ञानेन्द्रजस्तै बिदा हुने दिन आउने बताए। सत्तामा आएपछि नियम कानुन केही नमान्नेहरु इतिहासमा कहिल्यै लामो समय नटिकेको उनको दाबी छ। संविधान ठिक ठाँउमा भएपछि मात्रै चुनावमा जाने उनको भनाई छ।

लामो समयको त्याग र बलिदानबाट आएको गणतन्त्र रक्षाका लागि कांग्रेस सडकमा आएको र प्रतिनिधिसभा विघटनको असंबैधानिक कदम नसच्चिएसम्म कांग्रेसको निरन्तर विरोध गरिरहने उनको भनाई छ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*